चप्परगाउँको एल्लो चिल्ली रेष्टुरेन्टले ग्राहकको मन जित्दै

[sharethis-inline-buttons]

 लुदस,जितपुर । कपिलवस्तुको चप्परगाउँमा खुलेको एल्लो चिल्ली रेष्टुरेन्टले ग्राहकको मन जित्न सफल भएको छ । रेष्टुरेन्टमा तयार हुने बिभिन्न स्वादका खाजा,नास्ता,स्तरीय सेवा,तालिम हल,पार्किङ सुविधा र सरसफाईका कारण ग्राहकहरुलाई आकर्षण गरेको छ ।

आन्तरीक तथा बाह्य पर्यटकको आगमनलाई मध्यनजर गरी पाहुनालाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो रेष्टुरेन्ट खोलिएको संचालक मधुसुदन भण्डारीले बताए । स्थापनाको पाँच महिनामा अहिलेसम्म रेष्टुरेन्ट राम्रैसँग संचालन भएको संचालक भण्डारी बताउँछन् ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं ९ इमिलियामा करिव ७ बर्ष देखी एल्लो चिल्ली रेष्टुरेन्ट संचालन गर्दै आएका भण्डारीले चप्परगाउँमा सुबिधा सम्पन्न रेष्टुरेन्ट स्थापना गरेका हुन्। तालिम हल र पार्कीङ सहितको सुबिधा रहेको सो रेष्टुरेन्टमा नेपाली खाना, चिकन तथा खसीको सेकुवा, भुटन, म.म.,चाउमिन,अनार, किवी, अंगुर, सुन्तला, स्याउ, गाँजर, सहितका फलफूलको सलाद पाउन सकिन्छ ।

मासुदेखि माछासम्मका लोभ लाग्दा र जिब्रो रसाउने परिकारहरु पाइने संचालक भण्डारीले बताए । पुर्व पश्चिम राजमार्ग स्थित चप्परगाउँमा अवस्थित सो रेष्टुरेन्टले ग्राहकको माग र चाहनालाई लाई मध्यनगर गर्दे सेवा उपलब्ध गराउने संचालिका सरिता भण्डारीले बताइन् ।


प्रकाशित : २०८० मंसिर २६, मंगलवार ११:१०