ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रचण्ड सरकारका एकवर्ष : सुशासन नारा मात्रै, अर्थतन्त्र सुधार प्रतिबद्धतामै सीमित

Lumbini Darpan 1 २०८० पुष ११, बुधबार ०९:४९
[sharethis-inline-buttons]

काठमाण्डौ । गठबन्धन परिवर्तन गर्दै तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकाल पूरा भएको छ।  ०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका भएका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक सदनमा विश्वासको मत लिदा असाधारण मत पाए।  सदनमा उपस्थित १२ दलहरूमध्ये १० वटा राजनीतिक दलहरूले विश्वासको मत दिएका थिए।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा पहिलो पटक विश्वसको मत लिदा उनको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो।  राष्ट्रपति निर्वाचनमा गठबन्धमा आएको बदलीसँगै भने दोस्रोपटक विश्वासको मत लिदाँ २६८ को समर्थन १७२ सीमित भयो।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले विकासलाई पहिलो प्राथमिकतामा राख्ने र अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  दाहालले सामाजिक सुरक्षा, सुशासन र अर्थतन्त्र तथा सेवा प्रवाह सुधारको घोषणा गरेका थिए। तर, कार्यकालको एक वर्ष पूरा हुँदै गर्दा उनी स्वयं सन्तुष्ट छैनन्। आम नागरिकमा निराशा बढ्दै गएको छ भने व्यवस्थाकै विरोधमा आवाज उठ्न थालेको छ।

आफ्नो कार्यकाल जनताको सेवामा समर्पित गर्ने अन्तिम मौकाको रूपमा अर्थ्याएका उनले दुई महिनामै समीकरण बदले।  औपचारिक कार्यक्रममा समय खेर नफाल्ने र जनताको काममै केन्द्रित रहने प्रतिबद्धतामा पनि उनी अडिग रहेनन्। अर्थतन्त्रका बाह्य सूचकमा सकारात्मक देखिए पनि यो एक वर्षमा आन्तरिक सूचकमा सुधार आउनै सकेन। ​

ललितानिवास, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणका फाइल खोलेर सुशासन दिन खोजेका उनले त्यसलाई प्रभावकारी ढंगले छानबिन गर्न सकेनन्। छानबिन थाल्ने तर निष्कर्षमा नपुर्‍याउने आरोप खेपिरहेका दाहालमाथि सीमित घेराबाट बाहिर आउन नसकेको आरोप लाग्ने गरेको छ।

कर्तव्य ज्यानको सजाय भोगिरहेका रिगल ढकालदेखि टीकापुर घटनाका दोषी रेशम चौधरीसम्मलाई दिइएको माफीले सरकार आलोचित मात्रै भएन, सरकार टिकाउनैका लागि गठबन्धन दललाई रिझाउन सुशासन प्रतिकूल काम गरेको आरोप पनि खेप्नु परेको छ।

दुई-दुई पटक सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुंगोमा पुर्‍याउने वाचा गरे। तर, यो विधेयक अझै छलफलमै छ। सदनलाई काम दिने विषयमा समेत सरकार चुक्यो। एक वर्षमा एउटा मात्रै कानुन बनेको छ। अत्यावश्यक संघीय निजामती, संघीय प्रहरीलगायत संघीयता कार्यान्वयनसँग जोडिएका दर्जनौँ कानुन बनेकै छैनन्।


प्रकाशित : २०८० पुष ११, बुधबार ०९:४९

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech