
लुदअ ,जितपुर ।
लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजनामा यही २०८० साल माघ १ गते माघी पर्वको अवसरमा लक्ष्मणघाटमा माघी स्थान कार्यक्रम हुने भएको छ । धार्मिक तथा ऐतिहासिक तिर्थस्थल लक्ष्मणघाट आउने तिर्थालु भक्तजनका लागी बिहान ५ बजेदेखी स्नान कार्यक्रम राखिएको समितिका अध्यक्ष रन बहादुर काउचाले बताउनु भएको छ ।
सो कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न समिति बनाइएको अध्यक्ष काउचाले बताउनु भयो । सो दिन भक्तजनहरुका लागी खिचडी,कफीको व्यवस्थापन गरिएको समितिका सचिव प्रकाश भुसालले बताउनु भएको छ । लक्ष्मणघाट सामाजिक विकास केन्द्र सहआयोजक रहेको सो कार्यक्रमका लागी ग्लोवल डेरी प्रा.लि.इमिलियाले १०० लिटर दुध,शिवलाल बेल्वासे,धिरज खनाल,हेमराज खनालले चिनी चियापत्ती र कफी सहयोग गर्नुभएको सचिव भुसालले बताउनु भयो ।
कार्यक्रम सबैजनालाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

