बिउ व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा मुराऊ र सचिवमा भुसाल चयन

[sharethis-inline-buttons]

लुदस,तौलिहवा ।
बिउ व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारणसभा तथा अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा रामचन्द्र मुराऊ,उपाध्यक्षमा रुपक बनिया,सचिवमा सुदिप भुसाल,सहसचिवमा अब्दुल रसिद र कोषाध्यक्षमा जगदिश मौर्या निर्वाचित भएका छन् भने सदस्यहरुमा अजिमुल्लाह खाँ,रोहित यादव,कविन्द्र यादव,राजकुमार मौर्या,शिव रतन गुप्ता, हरि शंकर मल्लाह,बसन्त प्रसाद सुवेदी र अमिन मोहम्द मुसलमान रहेका छन् ।

बुधबार तौहिवामा सम्पन्न अधिवेशनबाट उनीहरु निर्वाचित भएका हुन् । कपिलवस्तु जिल्ला भित्र रहेका बिउ व्यवसायीहरुलाई संगठित गर्दे व्यवसायीहरुको हक हितका लागी काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको सचिव सुदिप भुसाले बताए । अहिले जिल्ला स्तरीय समिति गठन गरिए पनी पछि बिस्तारै पालिका स्तरमा पनी लैजाने लक्ष्य रहेको सचिव भुसाल बताउँछन् । कार्यक्रम रामचन्द्र मुराऊको अध्यक्षता र भुपाल थापाको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० माघ ४, बिहीबार १७:२८