
हरि आचार्य, कपिलवस्तु
अतिरिक्त क्रियाकलापसंगै पढाईमा अब्बल कपिलवस्तुको बाणगंगा ११ ओदारी स्थित स्काईलार्क स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कूलमा खेलकुद सप्ताह सुरु भएको छ । विगतका बर्ष पनि निरन्तर रुपमा सञ्चालन गर्दै आएको उक्त विद्यालयका तहगत तथा अन्तरसदनात्मक खेलकुद सप्ताह यस बर्ष पनि सुरु गरिएको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभएको छ ।
अन्तरसदनात्मक मार्च पास गरि खेलकुद सप्ताहको उद्घाटन गरिएको कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको छ । उद्घाटनको मार्च पासमा रातो सददन प्रथम, निलो सदन द्धितीय र सेतो सदन तृतीय भएका छन् । त्यस्तै पुर्व प्राथमिक तह तर्फ ब्यालुन उडाएर सप्ताहको उद्घाटन गरिएको हो ।
विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जिवनका लागि खेल, खेलका लागि जिवनको प्रकाश पार्दै विद्यार्थीहरुको शैक्षिक क्रियाकलापका साथै खेलकुद गुणस्तरिय शिक्षाका लागि अपरिहार्य रहेको बताउनुभयो ।
खेल सप्ताह अवधिभर रिले दौड, म्याराथन दौड, कबड्डी, खो–खो, रसा कस्सी, पिचर ब्लास्टिङ, हाई जम्प, लङ्ग जम्प, त्रिपल जम्प जस्ता खेलहरु हुने अतिरिक्त क्रियाकलाप संयोजक मकसुद अहम्मदले जानकारी दिनुभयो ।
माघ ९ गते सम्पन्न हुने खेलकुद सप्ताहको उद्घाटन कार्यक्रम विद्यालयका उप–प्राचार्य अमर कंडेल र विद्यालयका संयोजक डुक बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।