ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योग बाणिज्य संघको अध्यक्षमा न्यौपानेको बलियो आधार तयार, यस्ता छन् एजेन्डा

Lumbini Darpan 2 २०८० माघ ७, आईतवार १५:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको माघ २३ मा हुने अधिबेशनमा अध्यक्षमा न्यौपानेले उम्मेद्वारी दिने घोषणा गरेसंगै दोस्रो पुस्ताका युवा व्यवसायीले पहिलो पटक नेतृत्व लिने संभावना बढेको छ ।

चुनाव भएको खण्डमा जितेर सहमति भएकोमा मिलेर नेतृत्वमा पुग्ने गरि युवा व्यवसायी मोहन न्यौपाने शसक्त रुपमा अघि बढेपछी नेतृत्व दोश्रो पुस्तालाई हस्तान्तरण हुने सम्भावना बलियो बन्दै गएको छ । सबै वडाहरुमा पुगेर हरेक मतदाताको मत बिस्लेषण पछी चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित न्योपानेले नेतृत्व दाबी गर्नुभएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामै अध्ययन गरि स्थायी बसोबास गर्नुभएका न्यौपाने महाशक्ति एग्रो ईण्डष्ट्रिज टि.भि.एस. सोरुमा बाणगंगा अटो ट्रेडर्स सञ्चालन गर्दै आउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार न्यौपाने तत्कालिन कपिलवस्तु व्यापार संघको स्थापना काल वि.स.२०५८ देखि विभिन्न समिति उप– समितिमा रही काम गर्नुभएका न्यौपाने व्यवसायीहरुको लोकप्रिय मानिनुहुन्छ ।

वि.स.२०७४ सालमा छैंठौं अधिवेशनबाट उमानाथ पौडेलको नेतृत्वमा गठन भएको वाणिज्य संघमा न्यौपाने कोषाध्यक्षमा निर्वाचित हुनुभयो । आफु कोषाध्यक्ष पदमा रहदा उद्योग वाणिज्य संघको ४ तले भवन निर्माणमा महत्वपुर्ण योगदान गर्नुभएका न्यौपानेले अर्को समितिलाई पद हस्तान्त्रण गर्दा लाखौ बैंक मौज्दात अर्को समितिलाई हस्तान्त्रण गर्न सफल हुनुभएको थियो ।

त्यस्तै कोषाध्यक्ष पदमै रहदा वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई चाईना एक्स्पोमा भ्रमण गराउनुभएको थियो भने सबैको सहमतिमा कार्यतालिका निर्माण गरि उल्लेखित कार्यतालिका अनुसार वाणिज्य संघको कार्य अगाडि बढाउने सुरुवात गर्नुका साथै अक्षय कोष स्थापनामा न्यौपानेले महत्वपुर्ण योगदान गर्नुभएको थियो ।

त्यस्तै अघिल्लो कार्यकाल कोषाध्यक्ष पदमा रहनुभएका न्यौपाने सातौं अधिवेशनबाट दोलखराम घिमिरेको नेतृत्वमा गठन भएको समितिमा पदमोह छाडेर लेखा समिति संयोजकको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नुभएका न्यौपाने पश्चिमाञ्चल वस व्यवसायी समितिको सल्लाहकार बनी सक्नुभएको छ । न्यौपानले निर्वाचनमा व्यवसायीहरुले रुचाएका नेतृत्व गर्न सक्ने आवश्यक वौद्धिक र शैक्षिक व्यक्तिहरुसंग समन्वय गरि अबको केहि दिनमै प्यानल नै घोषणा गरि सार्वजनिक गर्ने बताउनुभएको छ ।

यस्ता छन् अध्यक्ष पदका उम्मेद्वार न्यौपानेका एजेन्डा
यसरी सुरुवात देखि कुनै पनि विवादमा नआएका न्यौपाने अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिरहदा नेतृत्वमा गएसंगै उहाँले विभिन्न एजेण्डा अगाडि सार्नुभएको छ । आर्थिक पारदर्शितामा अब्बल कुरा कम काम बढी गर्ने युवा मोहन न्यौपानेले सु–शासन, पारदर्शिता, राहत कोष तथा विमा स्थापना, औद्योगिक कोरिडोरको स्थापना, व्यवसायी र वित्तिय संघ संस्थासंग केन्द्रमा समन्वय गर्ने, पर्यटनलाई व्यवसायसंग जोड्ने जस्ता महत्वपुर्ण एजेन्डा प्रस्तुत गरिरहदा व्यवसायीहरु उत्साहित बनेका छन् ।

न्यौपानेको उम्मेद्वारीले अन्य दल अलमलमा
न्यौपाने नेकपा (एमाले) समर्थित तर उद्योगी व्यवसायीका हक हितका लागि राजनीतिक स्वार्थ नराख्ने कारणले अध्यक्षका आकांक्षीहरुको नाम बाहिर आउँदै गर्दा भएका छलफल र विश्लेषणबाट न्यौपाने अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको हो । एमाले समर्थित गुणानिधि भुसालले आफू ब्याक भएर न्यौपानेलाइ अघि सारेपछी एमाले बृतका एकमात्र उमेदवार बन्नु नै उनको पहिलो जित हो ।

न्यौपानको पक्षमा अधिकांस पूर्वअध्यक्षहरु सकारात्मक रहेको पुर्ब अध्यक्ष उमानाथ पौडेलको भनाइ छ । व्यवसायीक र सामाजिक संस्थामा युवालाइ नदिने भन्न मिल्दैन भन्दै न्यौपानेलाई साझा उम्मेदवारको रुपमा आफु हरुले अगाडि सारेको बताउँनु भयो ।
आफ्नो पक्षमा सहमति नभए चुनावबाट पनि पछि नहट्ने न्यौपानेको योजना छ ।

एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको न्यौपानेको दावी छ । संघमा लामो समय नयाँ र युवा पुस्ताको नेतृत्व नरहेको भन्दै युवा जोश, जाँगर भएको आउनुपर्ने न्यौपानेको भनाई छ ।

यता नेपाली कांग्रेसबाट पुराना व्यवसायी पार्टीमा राम्रो छवि बनाएका रुक बहादुर भुसालले अध्यक्ष पदमा उम्मेद्वार दिने भनी चर्चामा आई पछि हटेपछि कांग्रे सले उम्मेद्वार खोजिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मण कंडेल अध्यक्षको उम्मेद्वार भनिए पनि उनको अझै टुंगो नभएको बताईएको छ ।

यता माओवादी निकट टोपनारायण बेल्बासेले सहमतिमा पाए नेतृत्व लिने धारण अघि सार्नु भएको छ भने स्वतन्त्रबाट ओल्र्ड कक रेष्टुरेण्टका सञ्चालक रमेश चन्द्र भुसालले पनि पत्रकार सम्मेलन गरि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले कुनै पनि राजनीतिक लेपनमा नपरि सबै उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएको बताउनुभयो ।

 


प्रकाशित : २०८० माघ ७, आईतवार १५:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech