ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हनामी बिएफसीले जित्यो प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधी

Lumbini Darpan 2 २०८० चैत्र २५, आईतवार ०६:२३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी बिएफसी चितवनले जितेको छ । बाणगंगाको बुद्ध रङ्गशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै हनामीले उपाधि जितेको हो । हनामीले पुलिसलाई टाई ब्रेकरमा ४ – ३ गोल अन्तरले हराउँदै हनामीले उपाधि जितेको हो ।

सुजित बुढाथोकीले खेलको ११ औं मिनेटमा गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए । पुलिसका अनुप लिम्बुले ४५ औं मिनेटमा गोल गरेर आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलमा कुनै पनि टोलीलाई गोल थप्न नसक्दा खेलको परिणाम टाई ब्रेकरबाट टुङ्गो लाग्यो । टाई ब्रेकरमा हनामीका लागी राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गरे भने मनिष तामाङले गोल गर्न सकेनन् । पुलिसका लागी अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गरे भने पृथ्वी चौधरी र हेम तामाङले गोल गर्न सकेनन् ।

विजेता हनामी बिएफसीले रु ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता नेपाल पुलिस क्लवले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यो लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको पुरस्कार हो ।

यस्तै विधागत तर्फ हनामी बिएफसीका भविन्द्र मल्लले बेस्ट गोल किपर, हनामी बिएफसी कै अमृत श्रेष्ठले बेस्ट डिफेन्डर, ध्रुब भुसाल बेस्ट कोच तथा सुजित बुढाथोकीले ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि उचालेका छन् । यता उप विजेता बनेको नेपाल पुलिस क्लवका पृथ्वी चौधरीले बेस्ट मिडफिल्ड तथा विवेक पाण्डेले बेस्ट फरवार्डको उपाधि जितेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलेका ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुजित बुढाथोकीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तिलौराकोट गोल्डकप चैत्र २४ गते सम्पन्न भएको छ ।

सेमिफाइनलमा ए डिभिजन क्लव थ्रीस्टारलाई हराएर नेपाल पुलिस क्लव फाईनमा पुगेको थियो । यस्तै सुदुरपश्चिम ११ लाई हराएर हनामि विएफसी अर्को पोलबाट फाईनमा पुगेको थियो ।

विजेता र उपविजेता टोलीलाई पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र राज आचार्य, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा लगायतले पुरस्कार वितरण गरेका थिए । चैत्र १७ गतेदेखि खेल सुरु भएको गोल्डकपमा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले सहभागिता जनाएका थिए ।


प्रकाशित : २०८० चैत्र २५, आईतवार ०६:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

विश्वकपमा अब रोनाल्डो मात्र

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech