थानेश्वर अधिकारी, काठमाडौं ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार मालपोत कार्यालय ललितपुरको निरिक्षण गर्दे सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्य सम्पादन र सेवाग्राही सँग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी शुक्रवार दिउँसो ललितपुरको लगनखेल स्थित मालपोत कार्यालय पुगेका थिए ।
कार्यालय प्रमुख, कर्मचारीहरुर सेवाग्राही सँग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधि सँग जोड्न, कार्यालय बाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधि भित्र रहेर कार्य सम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गर्न निर्देशन दिएका छन् । कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीको भनाई छ ।