टिमुरबाट राम्रो आम्दानी गर्दै प्युठानका कमल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, प्युठान
प्युठानको नौबहिनी गाउँपालिका–७ फोप्लीका कमल पुनमगरले यो वर्ष झन्डै पाँच मुरी टिमुर बेच्नुभयो । आफ्नै निजी खरबारीमा लगाएका टिमुर बेचेर ८० हजार रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले बर्सेनि टिमुर विक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । खरबारीमा दुई सय टिमुरका बोट रहेको पुनमगरले बताउनुभयो । १२ सय रुपियाँ पाथीसम्म टिमुर विक्री गरेको अनुभव सुनाउँदै उहाँले यो वर्ष आठ सय रुपियाँ पाथी टिमुर विक्री गरेको बताउनुभयो । पहिले बजार नपाएर टिप्न समेत जाँगर नगर्ने धेरै किसान अहिले टिमुर खेतीतर्फ आकर्षित भएका छन् ।

बोटमै खेर जाने टिमुरको मूल्य र माग बढेपछि किसानहरूले राम्रो आम्दानी गर्न थालेका हुन् । जिल्लाका स्वर्गद्वारी, कोचिवाङ, फोप्ली, डामृ, लिघा, माझकोट, जुम्रीकाँडामा टिमुर खेती हुने गरेको छ । सामुदायिक वनसँगै किसानले आफ्नै बारीमा समेत टिमुरको बिरुवा लगाउन थालेका छन् । पछिल्लो समय बर्सेनि टिमुरका बिरुवाको माग बढ्दै गएको गौमुखी गाउँपालिका–६ लिवाङका नर्सरी व्यवसायी पदम बहादुर के.सी.ले बताउनुभयो ।


प्रकाशित : २०८१ मंसिर ७, शुक्रबार ०६:३०