सिनर्जी बहुउद्देश्यीय सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आज आन्तरिक राजश्व कार्यालय कृष्णनगर अन्तर्गत करदाता सेवा कार्यालय तौलिहवाले आर्थिक बर्ष २०७९।८० मा वित्तीय क्षेत्रबाट सबैभन्दा बढी आयकर दखिला गरेको भन्दै संस्थालई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।

कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको यस सिनर्जी बहुउद्देश्यीय सहकारीमा ११ हजार बढी सदस्य रहेका छन् । हाल सहकारीले सहकारी बजार, भेटेरेनरी सेवा संचालन गर्नुका साथै उद्यमशिलता प्रवर्धनमा समेत जोड दिंदै आएको छ ।

करदाता सेवा कार्यालय तौलिहवा कपिलवस्तुले आफ्नो कार्यक्षेत्र भित्र सबै भन्दा आयकर बढी आयकर दाखिला गरेको भन्दै सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासे तथा व्यबस्थापक दिनामणि खनाललाई सम्मान पत्र प्रदान गरेको हो ।


प्रकाशित : २०८१ मंसिर ८, शनिबार ०६:२५