ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तेस्रो मोतिपुर फुलबारी कपको उपाधि ब्रदर्श एफसी चप्परगाउँलाई

Lumbini Darpan 2 २०८१ मंसिर २०, बिहीबार ०७:०३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा संचालित तेस्रो मोतिपुर फुलबारी कप २०८१ को उपाधी ब्रदर्श एफसी चप्परगाउँले हात पारेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल भिडन्तमा ब्रदर्श एफसी चप्परगाउँले देवदह ब्वाइज देवदहलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । ब्रदर्श एफसीले लगातार दोस्रो पटक मोतिपुर फुलबारी कपको उपाधी कब्जा गर्न सफल समेत भएको छ । यो टिम गत वर्षको विजेता टोली समेत हो ।

मंसिर ८ गते देखि मोतिपुर प्रगतिशिल युवा क्लवको अयोजनामा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका ११ वटा फुटबल क्लवहरुको सहभातिा रहेको थियो । प्रतियोगितका सबै टिमलाई पाखा लगाउँदै ब्रदर्श एफसी र देबदह ब्वाइजले उपाधि भिडन्त पक्क गरेका थिए । यो जितसँगै ब्रदर्श एफसीले नगद १ लाख एक हजार एक सय एघार रुपैँया सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ भने उप विजेतामा चित्त बुझाएको देबदह ब्वाइजले नगद ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै प्रतियोगिता अवधिभर सम्पन्न खेलमा भएका प्रर्दशनका अधारमा बेस्ट गोल किपर, बेस्ट डिफेन्स, हाइज स्कोर र टुर्नामेन्ट अफ् दी प्लेयरको पुरस्कार समेत छुट्टाछुट्टै खेलाडीलाई प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा क्लवका अध्यक्ष शंखर प्रसाद न्यौपाने र कार्यक्रमका प्रमूख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले विजेता टिम र खेलाडीहरुलाई पु्रस्कार प्रदान गरेका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोहमा सांसद पन्थीले खेल र खेलाडीहरुको क्षमता विकास गर्ने कार्यमा मोतिपुर प्रगतिशिल युवा क्लवले राम्रो काम गरिरहेको बताए । उनले पछिल्लो पटक देशको अर्थतन्त्रलाई उकास्न खेलाडी र खेल प्रतियोगिताहरुले राम्रो काम गरिरहेको भन्दै यहाँका खेलाडीहरुको खेल जीवनलाई दिगो बनाइ राख्न यस्ता प्रतियोगिताहरु आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीले मोतिपुर फुलबारी खेल मैदानको पूर्वाधार विकासका लागि क्लवसँग वनले पनि काम गरिरहेको बताए । उनले अर्को वर्ष हुने चौथो संस्करणको प्रतियोगितामा यहाँ मैदानको थप स्तरिकृत गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाए ।

यो प्रतियोगिता संचालन गर्न वडा नम्बर ७ स्थित वडा कार्यालय, फुलबारी सामुदायिक वन उपभोक्ता समुह र मोपतुर खानेपानी तथा सरसफाई उपभोक्ता समुह सहयोगी संस्थाको रुपमा रहेका थिए ।
मोपितुर प्रगतिशिल युवा क्लवले कार्यक्रमको समापन समारोहमा सहयोगी संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो र प्रशंसा पत्रले सम्मान समेत गरेको छ ।

कार्यक्रममा क्लवका अध्यक्ष शङ्खर प्रसाद न्यौपानेको अध्यक्षतासहित सासंद पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने वाड नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, मोतिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष शेषकान्त बेल्बासे र जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष टोपबहादुर थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरु र सामाजिक अगुवाहरुको आतिथ्यता रहेको कार्यक्रममा क्लवका उपाध्यक्ष प्रियङ्का थारुको स्वागत मन्तवय र राजेन्द्र खनालको संचालन रहेको थियो ।

उक्त प्रतियोगिता मंसिर ८मा सुरु भई मंसिर १८ गते सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८१ मंसिर २०, बिहीबार ०७:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

रुपन्देहीमा प्रथम स्व. निशान न्यौपाने स्मृति कप शुरु

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

सुदूरपश्चिमले दियो काठमाण्डौलाई १ सय ४८ रनको लक्ष्य

‘द बुद्ध ल्याण्ड युवा क्लब’ द्वारा आयोजित क्रिकेट प्रतियोगिताको उपाधि बाणगंगा ६ ले जित्यो

नेपालले होबार्ट हुरीक्यानसलाई दियो १८१ रनको लक्ष्य

नेपालले हान्यो भुटानलाई ८ गोल

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

लगातार दोस्रो पटक चुम्यो नेपालले एसिसी मेन्स यु १६ इस्ट जोन कपको उपाधि

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

स्कटल्यान्ड सिरिज : प्रतिस्थापनमा गएका तीन युवा खेलाडी नचल्दा टीममाथि प्रेसर

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech