ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

महायज्ञको नाममा दलित परिवारको घर भत्काइयो,अछुतको बहानामा माटोसमेत खनेर फालियो

लुम्बिनी दर्पण २०८१ चैत्र ७, बिहीबार १२:२४
[sharethis-inline-buttons]

सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम )को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।दीपककी श्रीमती अनिता मरिक(डोमले )महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताइन् ।यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन १० गते डोजर लगाएर हाम्रो घर भत्काइदिए,’ उनले भनिन्, ‘त्यतिमात्र होइन, यहाँको दुई फिट माटो समेत खनेर हटाइयो ।’अनिता र दीपकको परिवार आफ्नै जग्गा नभएकाले दुई दशक अघिदेखि त्यहाँको सार्वजनिक जग्गामा बसिरहेको थियो । पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर पनि बनाइदिएको थियो
अहिले त्यही पक्की घर भत्काइएपछि डोम परिवार सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घरमा सर्न बाध्य भएको छ ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ ।एकजना बाबा आउनु भएको छ । उहाँले यहाँ डोमको घर छ, त्यसैले यो ठाउँमा यज्ञ हुँदैन । डोम परिवारलाई यहाँबाट सार्नुपर्छ भनेपछि डोजर लगाएर मेरो घर भत्काइदिनुभयो,’ अनिताले भनिन्, ‘अरू सबैको घर त्यहीँ छ । तर हाम्रो घर मात्र हटाइयो ।’
अनिताले दुखेसो पोखिन्, ‘म र मेरा श्रीमान् काममा थियौं । त्यसैबेला जेसिभी ल्याएर घर भत्काइदिए ।’चार दिनअघि मात्रै छोरा अर्जुनको विवाह गरेर बुहारी भित्राएको अनिताको परिवार अहिले समस्यामा परेको छ । हतारमा घर भत्काउँदा घरभित्र भएका केही सामान समेत झिक्न नपाएको पीडित परिवारको भनाइ छ ।दीपक र अनिताको सात जनाको परिवार छ । परिवारमा १७ वर्षीय छोरा अर्जुन, नवविवाहिता बुहारी, १३ वर्षीया छोरी किरण कुमारी, १० वर्षीया छोरी प्रीति, र ७ वर्षीय छोरा आकाश मरिक छन् ।विद्यालयको जग्गामा एकान्तमा सर्नुपरेकाले बिजुली, खानेपानी लगायत आधारभूत सुविधाको समस्या भएको उनले बताइन् । नयाँ ठाउँमा बिजुली छैन । गर्मी बढेकाले सर्पको डर छ । अन्धकारमा त्रासदीपूर्ण रात बिताउनु डोम परिवारको नियति बनेको छ ।
अनितालाई त झन् विद्यालयको जग्गाबाट पनि लखेटिनुपर्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ । ‘यहाँ बस भनियो, झुप्रो बनायौं । तर यो स्कुलको जग्गा हो । कुनदिन यो पनि भत्काएर निकाल्छन् ठेगान छैन,’ अनिताले भनिन् ।दीपक मरिक गाउँपालिका कार्यालयमा स्वीपरको काम गर्छन् भने अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । त्यसैले गाउँपालिका अध्यक्ष शिवजी यादवले घर भत्काउनुपर्छ भन्दा पनि मान्न बाध्य भएको उनीहरु बताउँछन् ।
यहाँको घर भत्काउँछौं, तिमीहरु पर गएर बस भनेपछि मान्नैपर्‍यो,’ अनिताले भनिन्, ‘पालिका अध्यक्षको कुरा नमाने जागिर जान्छ ।’डोम परिवार भएकै कारण आफ्नो घर भत्काएर अन्यत्र सारेकोमा अनिताका छोरा अर्जुन मरिक आक्रोशित छन् । ‘के हामी मान्छे होइनौं रु हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो पर्थ्यो अरू जातिको घर भत्काइएन, तर डोम भएकै कारण हाम्रो घरमाथि डोजर चलाइयो । हामीलाई अछूत भनेर त्यहाँको माटोसमेत खनेर फालियो,’ अर्जुन भन्छन् ।पालिका अध्यक्ष शिवजी यादव भने सहमतिमै घर भत्काएर अन्यत्र सारिएको दाबी गर्छन् । ‘दीपक मरिकको सहमतिमै उनको घर भत्काएर अन्यत्र सारिएको छ । त्यहाँ कल पानीको धारो र बिजुलीको व्यवस्थापन गर्ने तयारीमा छौं ।’उनले दलित भएका कारण उनीहरुलाई त्यहाँबाट नहटाइएको जिकिर गरे । सो क्षेत्रमा कृषि हाट बजार चलाउन संघ सरकारको ३ करोड बजेटमा टेण्डर लागेको र सो क्षेत्रको बीचमा दिपकको घर पर्ने भएकाले हटाउनु परेको उनको भनाइ छ ।त्यो ठाउँको बीचमा दिपकको घर मात्रै पर्थ्यो । त्यहाँ कृषि बजारको सडक निर्माण गर्नुछ । बाउण्ड्री वाल लगाउनु छ । यो कुरा धेरै पहिलादेखि चलेको थियो’ पालिका अध्यक्ष यादवले भने, ‘त्यसैले दिपकको परिवारलाई त्यहाँबाट सार्नुपर्‍यो ।’उनले स्थानीय विद्यालयलाई क्याम्पसमा स्तरोन्नती गर्न र विकास निर्माणका अन्य काम गर्न यज्ञ लगाउन लागिएको समेत बताए ।स्थानीय समेत रहेकी राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवान भने डोम भएकै कारण दिपकको परिवारको घर भत्काएर अन्यत्र सारिएको बताउँछिन् ।त्यहाँ केही दास र तत्माहरुको घर छ । अरु कसैको घर नभत्काएर डोम परिवारकै घर भत्काउनुको कारण के हो ’ उनले भनिन्, ‘अछूत भनेर डोम परिवारको घर भत्काउनेहरुलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

 


प्रकाशित : २०८१ चैत्र ७, बिहीबार १२:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech