ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८२ जेष्ठ २५, आईतवार १४:२२
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार,
“लोकतान्त्रिक शासनको सुदृढीकरण एवं सुशासन प्रवद्र्धनमार्फत सामाजिक सद्भाव, दीगो शान्ति र विकास” भन्ने मूल नाराका साथ जनहित संरक्षण मञ्च (प्रो पब्लिक) र बुद्धभूमि नगरपालिकाको संयुक्त आयोजनामा नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत बुद्धभूमि नगरपालिकाका सबै १० वटा वडाहरूमा १० वटै सरकार–नागरिक संवाद कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएका छन्।

गत जेष्ठ १५ देखि २४ गतेसम्म संचालन गरिएका यी संवाद कार्यक्रमहरूले समुदायमा विद्यमान सामाजिक, आर्थिक र शैक्षिक चुनौतीहरूको पहिचान, मूल्यांकन र समाधानतर्फ उन्मुख गम्भीर छलफल र सम्वादको अवसर प्रदान गरेका थिए। कार्यक्रममा करिब २००० जनाभन्दा बढी स्था

नीय नागरिकहरूको सहभागिता रहेको थियो, जसमा विभिन्न वडाका नागरिक, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नाट्य प्रस्तुतिबाट सामाजिक मुद्दा उठान
प्रो पब्लिकले स्थानीय सहभागिता र शिक्षामूलक अभिव्यक्तिको एक सशक्त माध्यमको रूपमा करिब सवा घण्टा लामो नाट्य प्रस्तुति तयार पारी प्रत्येक वडामा प्रदर्शन गरियो। संवाद शिविरहरूमा नगरबासीहरूले व्यक्त गरेका बिषयहरूका आधारमा बाल विवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा, एकल महिला र उनका समस्या, खुला दिसामुक्त क्षेत्रको अवस्था, जनस्वास्थ्य र लागू औषध दुर्व्यसन, साक्षरताको अवस्था, छाडा चौपाया व्यवस्थापन, युवाको रोजगार र वैदेशिक रोजगारी, विकासमा पारदर्शिता र गुणस्तरीयता, मेलमिलाप सेवा तथा न्यायिक पहुँच, नागरिक अधिकार र कर्तव्य जस्ता मुद्दाहरूलाई समेटिएको थियो।

उक्त नाट्य प्रस्तुतिमा राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहेको थियो, जसमा पूर्णचन्द्र परियार, गीता भुसाल, रविन्द्र ठाकुर, सम्झना थारु, तुलसी परियार, राम सजीवन केवट, अच्युत पौडेल, मनोज कुमार यादव, पवित्रा सापकोटा लगायत कलाकारहरूको जीव्त अभिनयले स्थानीय दर्शकहरूलाई गहिरो सन्देश दिएको थियो।

प्रत्यक्ष सम्वाद, आत्ममूल्यांकन र उत्तरदायित्वको माग
नाट्य प्रस्तुतिपछि आयोजित प्रत्यक्ष सम्वाद सत्रमा वडावासी नागरिक, विद्यार्थी (कक्षा ८, ९ र १०), शिक्षक, सुरक्षाकर्मी, समाजसेवी, महिला प्रतिनिधि, जनप्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीबीच गम्भीर बहस र विचार आदानप्रदान भयो। सहभागीहरूले आ–आफ्नो अनुभव, भूमिका र उत्तरदायित्वलाई आत्ममूल्यांकन गर्दै आगामी दिनमा ती समस्याहरू समाधान गर्न आवश्यक रणनीतिका विषयमा छलफल गरे।

 

कार्यक्रम संयोजक झविन्द्र अधिकारीले बुद्धभूमिमा मेलमिलाप र द्वन्द्व व्यवस्थापनका लागि प्रो पब्लिकले लामो समयदेखि सफल अभ्यास गर्दै आएका सामुदायिक संवाद, नाट्य प्रस्तुति र प्रत्यक्ष सम्वादको एकीकृत प्रविधि जिआइजेडको सहयोग र नगरपालिकाको लागत साझेदारीमा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

स्थानीय नेतृत्व र नागरिकबीचको सहकार्यको प्रतिवद्धता

कार्यक्रम सहजिकरण गर्दै प्रो पब्लिकका कार्यकारी निर्देशक श्री बाबुराम पौडेलले लोकतन्त्र, शान्ति र समृद्धिका लागि सरकार र नागरिक बीचमा निरन्तर संवाद आवश्यक भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरू सरकारका संयन्त्रलाई जनसमस्यासँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर भएको स्पष्ट पार्नुभयो। नागरिकले पनि आफ्ना अधिकारप्रति सचेत रहँदै कर्तव्यबोधसहित सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो।

नगर प्रमुख श्री केशव कुमार श्रेष्ठले मानव विकास र सामाजिक सचेतना बिना दिगो विकास सम्भव नहुने भन्दै यस्ता अभियानहरूलाई आफ्नो पालिकाको प्राथमिकतामा राखेर सामाजिक रूपान्तरणमा सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो।

यसअघि गत पुष महिनामा आयोजित ५ वटा संवाद कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात गर्दै जेठ १५ देखि २४ सम्म थप १० कार्यक्रमहरू सम्पन्न गरिएका हुन्। आगामी कात्तिक–मंसिरमा बाँकी ८ वटा संवाद कार्यक्रम सञ्चालन गरिने कार्यक्रम  संयोजक अधिकारीले जानकारी दिनुभयो।


प्रकाशित : २०८२ जेष्ठ २५, आईतवार १४:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech