
हरि आचार्य, कपिलवस्तु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा संचालित १५ दिने बाँसजन्य सामाग्री उत्पादन तालिम प्रभावकारी बन्दै गएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुको आयोजना र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको बासजन्य सामाग्री उत्पादन तालिमको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्धाटन गर्नुभएको थियो । जारी तालिमको विभिन्न व्यक्तिद्धारा अनुगमनको क्रममा तालिम निकै प्रभावकारी रुपमा संचालन भईरहेको पाईएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेल, नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियार, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगायतको टोलिले अनुगमन गरेको थियो । अनुगमनको क्रममा सहभागीहरुले सक्रियता पुर्वक सीप सिकेको र छोटो समयमै बाँसका विभिन्न पर्यटकीय सामग्री उत्पादन गर्न सिकिसकेको पाईएको छ ।
नगर प्रमुख श्रेष्ठले बासबाट विभिन्न पर्यटकहरुलाई आकर्षित गर्ने सामाग्रीहरु बन्न सक्ने तथा बासका परम्परागत सामाग्री भन्दा आधुनिक सामाग्री बजारमा बिक्री हुने भएपछि तालिमको आयोजना गरिएको र तालिम निकै प्रभावकारी भएको बताउनुभयो ।
पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले हरियो सुनको रुपमा रहेको बाँसलाई प्रयोग गरेर मनग्य आम्दानी गर्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले सहभागीहरुले निकै सक्रियता पुर्वक तालिममा सहभागी भएको र सामग्रीहरु उतपादन गर्न सिकिसकेको तालिमको अनुगमनको क्रममा पाईएको बताउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षकको रुपमा लेक बहादुर श्रेष्ठ रहनुभएको छ ।