ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त भौतिक संरचना र संचार निर्देशिका आवश्यक’

Lumbini Darpan 2 २०८२ असार १५, आईतवार १६:०६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अपांगता भएका व्यक्तिहरुलाई दयामाया मात्र हैन अवसरको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, सामाजिक विकास डिविजन कार्यालयको आर्थिक सहयोग तथा बाणगंगा नगरपालिकाको समन्वयमा गजेहडामा सम्पन्न समुदायिमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत पहुँचयुक्त भौतिक संरचना तथा संचार निर्देशिका २०६९ सम्बन्धि सरोकारवाला निकायहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले अपांगता भएका व्यक्तिहरुका लागि नगरपालिकाले सहायता सामग्री प्रदानसंगै उनीहरुको पुर्नस्थापनाका लागि तयार रहेको बताउनुभयो । नगर प्रमुख अर्यालले अपांग उत्थान समाजसंग समन्वय गरि अपांगता भएका व्यक्तिहरुका लागि रोजगार र स्वरोजगारमा जोड्ने खालको योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि सामाजिक विकास डिविजन कार्यालय कपिलवस्तुका प्रमुख राम करण पालले अपांगता भएका व्यक्तिलाई विभेद गर्न नहुने भन्दै समान व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई अवसर प्रदान गर्नका लागि सबै निकायहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल निवर्तमान केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले पहुँचयुक्त भौतिक संरचना तथा संचार निर्देशिका २०६९ सम्बन्धि ऐन तथा विभिन्न बिषयहरुको बारेमा प्रस्तुती प्रदान गर्नुभएको थियो । उहाँले आफु अध्यक्ष हुंदा अपांगता भएका व्यक्तिको लागि नीति नियम निर्माण देखि विभिन्न कार्यहरु गरेको बताउँदै अझै केहि कामहरु गर्न बाँकी रहेको बताउनुभयो ।

त्यस्तै संस्थाका कार्यक्रम संयोजक गोमा पन्थीले संस्थाको क्रियाकलाप सहित अपांगताको परिचय, कारण तथा रोकथामका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाले सबै निकाय संघ संस्था मिलेर नै अपांगत भएका व्यक्तिको जिवन स्तर उकास्न सकिने बताउँदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाको अध्यक्षता, संस्थाका निवर्तमान अध्यक्ष हेमनाथ ज्ञवालीको स्वागत मन्तब्य तथा कार्यक्रम संयोजक गोमा पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका योजना शाखा प्रमुख शान्तराज आचार्य, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थ, कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी, पत्रकार तथा अपांगता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ असार १५, आईतवार १६:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech