सुमन सापकोटा , विजयनगर
कोरोनाको महामारीबीच कपिलवस्तुको विजयनगर गाउँपालिका अन्र्तरगत पर्ने विसहवा खोलामा अवैध रुपमा खोला उत्खनन् गरेर नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा निकासी भएको पाईएको छ ।
गाउँपालिकाले अमानतमा नदिजन्य पदार्थ निकासी गरेको सो खोलामा नियम विपरित अवैध उत्खनन गरेर नदीजन्य पदार्थको निकासी भएको भिडियो स्थानियले सामाजिक संजालमा सार्वजनिक गरेपछी लुटको धन्दा सार्वजनिक भएको हो ।
निशेधज्ञाको मौका छोपी स्काभेटर नै प्रयोग गरेर, वनजङ्गल मासिने र बस्तीलाई असर गर्ने गरी खोलामा स्काभेटर प्रयोग गर्न सरकारले प्रतिबन्ध लगाएको भए पनी कतिपय गलत धन्दा गर्ने व्यावसायीले डम्पिङ्गबाट उठाउन छाडेर खोलामा पसेको र खबर आउनासाथ बन्द गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । “हामी कोरोना कहरको महामारी नियन्त्रण तिर व्यस्त भयौ , यही मौका पारेर कु कार्य गरे दोषी उपर कार्बाही हुन्छ । अहिले खबर प्राप्त हुदासाथ निकासी बन्द गरेका छौ उनले भने”
सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन र सवारी साधन पूणर् रुपमा संचालन गर्न प्रतिबन्ध लगाएको अवस्थामा खोलाको मनपरि गर्नु अपराध भएको स्थानियको भनाई छ ।




















