चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त अनुदानको खोपलाई जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिन सुरु गर्ने भएको हो । पहिलो चरणमा देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताउनुभयो । चीनबाट प्राप्त हुने १० लाख डोज खोपले ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई पुग्ने मन्त्रालयले आंकलन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेलकाअनुसार भेरोसेल खोप लगाउन खोप केन्द्रमा जाँदा नेपाली नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जानुपर्ने छ।




















