ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवलपरासीमा मटर तस्करी बढ्यो

लुम्बिनी दर्पण २०७८ असार ५, शनिबार १५:००

हरि शर्मा
परासी, ५ असार ः

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट मटर तस्करी कार्य बढेको छ । जिल्ला प्रहरी कार्यालयले मटर तस्करीमा कडाई गरेपनि सीमावर्ती नाकामा रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीको मिलमतोमा मटर तस्करी कार्य बढेको पाइएको हो । सीमावर्ती क्षेत्रका भूजहवा, बसैया,जगन्नाथपुर, बिस्नुपुरालगायतका नाकाबाट दिनहुँजसो मटर भारततर्फ तस्करी हुँदै आएको छ । सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले बताएका छन् । ति नाकाहरुबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । उनले नाकाहरुमा पिकअप भेन लैजाने र त्यहाँबाट भारतीय टेक्टर, साइकल र मोटरसाइकलबाट मटर भारततर्फ लैजाने गरेका छन् ।
तेस्रो मुलकबाट आउने हरियो मटर नेपालमा भन्दा भारतमा महङ्गो पर्ने भएकाले तस्करी कार्य बढेको हो । गतवर्ष मटरको तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकले कोरोनाको कारण देखाउँदै ओसारपसार गर्ने सवारीसाधनमा रोक लगाएको थियो । त्यसवर्ष मटर ओसारपसारमा प्रतिबन्ध लगाएपछि तस्करहरुको दबाबमा उद्योग वाणिज्य संघकै प्रतिनिधिहरु जिल्ला प्रशासन पुगेर कारोबारलाई सुचारु गर्न आग्रह गरेका थिए । तर प्रशासनले मानेको थिएन । प्रहरीले धमाधम मटर बोकेका गाडी पक्राउ गरेर कारबाही गर्न थालेपछि त्यसबेला एसपी अजय केसीको सरुवा गराउने भन्दै केही कारोबारीहरु लागि परेका थिए । त्यो पनि संभव नदेखेपछि मटरको कारोबार गतवर्ष शुन्य जस्तै भएको थियो । तर अहिले फेरि मटर तस्करी कार्य बढेपछि जिल्लामा प्रहरीको आलोचना बढेको छ ।
सीमा क्षेत्रका नेपाली पसलका गोदाममा राखिएका मटरलाई अबैध भनेर प्रहरी र राजश्व कार्यालयले बरामद गर्न नसक्ने कानुनी झण्झटको फाईदा उठाउँदै तस्करहरुले भारतर्फ तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताए । मातहतका प्रहरी चौकीलाई मटर तस्करीलाई नियन्त्रण गर्न कडा निर्देशन दिइएको उनले बताए । चौकीमा जनशक्ति कमी हुने र प्रविधिका कारण पनि तस्करले प्रहरी आएको जानकारी पाएपछि अन्य बाटो प्रयोग गर्ने भएकाले समस्या भएको उनको भनाई छ ।


प्रकाशित : २०७८ असार ५, शनिबार १५:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech