लुदस,१९ चैत ।
मनाङ मुस्ताङको टोली राहत लिएर सिन्धुपाल्चोक बाढी पिडितका लागी सहयोग गर्न पुगेको छ । राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहको नेतृत्वमा मनाङका सोनाम गुरुङ,मुस्ताङका पेमा दोर्जे गुरुङ सहितको टोली खाद्यान्न लत्ताकपडा र खाना पकाउने ग्याँस सहित सिन्धुपाल्चोकको मेलम्ची हुदै हेलम्बु गाउँपालिकामा पुगेको हो ।
२०७८ साल असार १ गते राती सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले धेरैलाई घरबार बिहिन अवस्था पुर्याएको थियो । रातिको समयमा गएको बाढीको कारण हेलम्बुमा निकै ठुलो भौतिक तथा मानविय क्षती निम्ताएको हो । अहिले त्यस क्षेत्रको अवस्थ निकै बिकराल रहेको छ त्यहाँका वासिन्दाले निकै कष्ट कर जीवन बिताउन बाध्य भएका छन । विभिन्न संघ संस्थाबाट राहत र उद्धारको काम भैरहेको छ ।

यसै सन्दर्भमा राष्ट्रिय संगीत संघका महासचिव बिक्रम जंग शाहको नेतृत्वमा हेलम्बुवासीको दुखमा साथ दिन खाधान्न, लत्ताकपडा, खाना पकाउने समान सहित प्रत्यक्ष रुपमा पिडितको घाउमा मलम लगाउन राहत सहित सो ठाउँमा पुगेको हो। बिगतमा समेत कोरोना कहर ,भुकम्प पिडित र अन्य बिपतको समयमा पनी सक्रिय सहयोग मनका धनी शाह यसपटक पनि हेलम्बु बाढी पिडित को साहरा भएका छन् ।




















