काठमाडौं,असार २९
पूर्ण रुपले खोप लगाइसकेका मानिसहरु पनि अहिले कोरोना संक्रमित भइरहेका छन् ।यस प्रकारका केश बढी मात्रा डेल्टा भेरियन्टसंग सम्बन्धित छ ।
यद्यपि, खोपले गम्भीर विरामी र मृत्यु हुनबाट बचाउँछ भन्ने दावी विश्व स्वास्थ्य स०गठनको छ ।
डब्ल्यूएचओका प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले खोप लगाइ सकेकाहरुमा पनि डेल्टा भेरियन्टबाट संक्रमित केसहरु लगातार बढेको देखिएको बताएकी छन् ।डाक्टर स्वामीनाथन भन्छिन् –‘खोप कम लगाइएका ठाउँहरुमा मात्र अस्पताल भर्ना हुन पर्ने र अत्यधिक संक्रामक डेल्टा भेरियन्ट तिव्र रुपले फैलिरहेको छ ।’सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार खोपपछि अस्पताल भर्ना र मृत्युको ७५ प्रतिशत केस ६५ वर्ष भन्दा धेरै उमेर समुहमा धेरै रहेको छ ।
खोप लगाएका मानिस यदि सुरक्षित भइसकेका छन् भने त्यसको अर्थ उनीहरुले संक्रमण फैलाउँदैनन् भन्ने होइन भन्ने कुरा डाक्टर स्वामीनाथनले चेतावनी दिएकी छिन् ।त्यसैले डब्ल्यूएचओले मास्क लगाउन र सामाजिक दूरी राख्न आग्रह गरेको छ ।खोप लगाइसकेका मानिसमा भाइरस कम निर्माण हुन्छ भन्ने केही अध्ययनमा दावी गरिएको छ ।जसकारण भाइरस अरु मानिसमा सजिलै फैलन पाउँदैन ।यद्यपि, यसलाई बुझ्न र सर्वेक्षणमा काम गर्ने आवश्यक रहेको डब्ल्यूएचओ मान्यता रहेको छ ।जोई कोभिड सिम्टोन स्टडीमा केही हप्ता अगाडि देखिएको कोभिडको भिन्दा भिन्दै लक्षणको पहिचान गरिएको छ ।त्यस्ता पाँच लक्षणको बारेमा पत्ता लगाइएको छ, जून पहिलो र दोस्रो खोप लगाएका व्यक्तिहरुमा देखिएको छ ।मानिसहरुले एपमा दर्ता गरिएको लक्षणहरुको आधारमा उक्त रिपोर्ट तयार गरिएको हो ।यद्यपि, यसमा कुनै भेरियन्ट अथवा डेमोग्राफिक इनफर्मेशनको उल्लेख गरिएको छैन ।
पहिलो डोज लिएपछिको लक्षण
रिपोर्टका अनुसार खोपको पहिलो डोज लिएपछि यदि कुनै व्यक्ति संक्रमित हुन्छ भने उसलाई टाउको दुख्ने, नाकबाट पानी बग्ने, घाँटि खसखसाउने, हाछ्यूô आइरहनु र लगातार खोकि लागिरहनु जस्ता लक्षण देखिन सक्छ । यी सबै लक्षण कोरोनाको सामान्य लक्षणसंग मिल्दाजुल्दा छन् ।
दोस्रो डोज लिएपछिको लक्षण
यदि कुनै व्यक्ति पूर्ण रुपले खोप लगाएपछि पनि संक्रमित हुन्छ भने उसलाई टाउको दुख्ने, नाकबाट पानी बग्ने, हाछ्यूँ आउने, घाँटि खसखसाउने र गन्ध हराउने जस्ता लक्षण देखिन्छ । यसमा लगातार ज्वरो र खोकि लागिरहने समस्या करिव शून्य हुन्छ ।
खोप नलिनेमा कस्तो हुन्छ लक्षण
जोई स्टडीका अनुसार यदि कुनै व्यक्तिले खोप लगाएको छैन र कोरोना संक्रमण भयो भने उसलाई विषेश गरेर टाउको दुख्ने, घाँटि खसखसाउने, नाकबाट पानी बग्ने, ज्वरो आउने र लगातार खोकि लागिरहने जस्ता लक्षण देखिन्छ । यसमा सास फेर्न गाह्रो हुने र लस अफ स्मेल जस्ता लक्षणलाई प्रमुखतासंग समावेश गरिएको छैन ।
कोरोनाको नयाँ डेल्टा भेरियन्टले यूरोप, यूके र अमेरिका जस्ता देशहरुमा तिव्र रुपले मानिसलाई आफ्नो शिकार बनाइरहेको छ । यो भेरियन्टले केवल यूवाहरुमा मात्र हमला गरिरहेको छैन, पूर्ण रुपले खोप लगाइसकेकामा पनि यस्ता लक्षण देखिएको छ ।एक रिपोर्ट अनुसार अक्सफोर्ड ९एस्ट्राजेनिका० र फाइजर(बायोटेक खोपको पहिलो डोज डेल्टा भेरिएन्ट विरुद्ध निकै प्रभावकारी मानिएको छ। स्रोत कलाकर्मी डट कम




















