नुर मोहम्मद मुसलमान / रामु यादव
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा पर्ने सापाहिया नालामा रहेको पक्की पुल भत्किदा ठप्प भएको आवतजावत अस्थाई रुपमा शुरु भएको छ ।
शुद्धोधन १ का वडा अध्यक्षको पहलमा पुल भत्केको स्थानमा फलामको अस्थाई पुल राखि पैदल र साना सवारी साईकल, मोटरसाईकल आवतजावत हुने बनाईएको छ ।
गत २ महिना अघि जिणर् पुलबाट उच्च भारवाहन क्षमताका ट्रिपर संचालन हुन थालेपछी पुल भत्किएको थियो । स्थानिय तथा सो बाटो भई वडा कार्यलय पतरिया आउने सेवाग्राही अन्हराठ उचडिहवा प्रगतीनगर हुदै ५ किलोमिटरको दुरी पार गरि जानुपर्ने बाध्यता रहेको थियो ।
शुद्धोधन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तिलकराम यादवले ४० हजार लगानीमा फलामको पुल बनाईदिएपछी आफुहरुलाई सहज भएको स्थानिय मोहम्मद रफिक मुसलमानले बताए । अर्को स्थानिय पंन्चम यादवले वडा अध्यक्षलाई यस विषयमा जनताले गरेको गुनासो गरेको र अध्यक्षकै पहलमा सब ईन्जिनीयर असिस्टेन्टको इस्टिीमेट अनुसार पुल बनाईएको बताए ।




















