संगिता भुसाल ,तौलिहवा ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज प्राचिन तिलौराकोटमा सरसफाइ गरिएको छ । । प्रत्येक बर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने गरिन्छ ।
आज नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाईँदैछ । खाद्य प्रणालीमा रुपान्तरणःमानव र भुमण्डलीय स्वास्थ्यका लागी युवा भन्ने मुल नाराका साथ नेपालमा पनी दिवस मनाइदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्टसंघले सन् १९९९ देखी हरेक बर्ष अगस्ट १२ लाई युवा दिवसका रुपमा बनाउने निर्णय गरे सँगै सन् २०० देखी विश्वभर युवा दिवसमा बिबिध कार्यक्रम हँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघ संस्थाको अगुवाईमा पहिलो पटक सन् २००४ देखी दिवस मनाउन थालिएको हो ।
सोही अवसर परेर आज कपिलवस्तुको तिलौराकोट युवा क्लबले पनि अन्तर्राष्ट्रिय युवा दिवस २०७८ मनाएको छ । भगवान गौतम बुद्धको राजधानी तथा क्रीडास्थल रहेको तिलौराकोट राजदरवार क्षेत्र सरसफाइ तथा मास्क वितरण गरि दिवस मनाएको हो ।

कार्यक्रममा तिलौराकोट युवा क्लबका अध्यक्ष रामशब्द यादबको अध्यक्षता कपिलवस्तु नगरपालिका वार्ड न.६ कि वार्ड सदस्य सरिता गौतम, तिलौराकोटका वाल क्लबका प्रतिनिधिहरु, युवा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।
तिलौराकोट युवा क्लबको आयोजनामा गरिएको सो कार्यक्रममा कपिलवस्तु नगरपालिका र लुम्बिनी एकिकृत संस्था (लिडो) को सहयोग रहेको थियो ।




















