लुदस,तौलिहवा ।
कपिलवस्तु प्रहरीले फरार अभियुक्त उपर कडा एक्सन चलाउन थालेपछी फरार अपराधीहरु समातिन थालेका छन् । पछिल्लो ४ दिन भित्रमै प्रहरीले २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको छ । फरार पक्राउ सम्बन्धी विशेष कार्यक्रम फ्याप नै लागु गरेर अभियान चलाएको हो । प्रहरीले सुरुवातीको ४ दिनमै २०७ जना विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ गरिएको हो । गत आ.ब ०७७/७८ भरिमा जम्मा १ सय ४१ जना फरार पक्रिएकोमा त्यसको डेढ गुणा बढी फरार बितेको ४ दिनमै पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।
जस अन्र्तगत गत मंगलबार मात्र ८१ जना, बुधबार–७४ जना, २८ बिहिबार–२२ जना र शुक्रबार ३० जना गरि २ सय ७ जनालाई प्रहरी फन्दामा ल्याईएको प्रहरी उपरिक्षक बहादुर कार्कीले जानकारी दिए ।
लुटपिट , जालसाजी मुद्दामा २९ वर्ष अघि दोषी ठहरिएका २ जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएको बताईएको छ । बिहिबार सवारी ज्यान–३ जना, लुटपिट–२ जना, जालसाजी २ जना, वनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्राउ परेका हुन् ।
त्यस्तै प्रहरीले बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा न पा २ का सुरज बेल्बासे पनि पक्राउ परेका जनाएको छ । वन सम्बन्धि कसुर गरि जनही १ वर्ष कैद र २४ सय ७ सय ७ जरिवाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा न पा १ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । साथै बिहिबार जम्मा ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
त्यस्तै शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजाय भुक्तानको लागि उपस्थित गराईएको छ । जालसाजी–२ जना , सवारी ज्यान–१ जना, लागू औषध–१ जना, कुटपिट –१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादी पक्राउ गरिएको हो । जिल्ला प्रहरी उपरिक्षक प्रहरी संगठनमा सुधार गर्दै काम गर्नेलाई प्रोत्साहन गर्ने र कसैको दवाव भनसुनमा नपर्ने भएपछी मातहतका प्रहरी पनी तिब्र गतिमा लागेको निरिक्षक गुरु∙ले बताए । शुक्रबार सबैभन्दा बढी फरार अपराधी फन्दामा परेका थिए । मातहतका वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडी यस अभियानमा तदारुक्ताका साथ लागेको बताईएको छ । जिल्लामा काम गर्ने उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात फरार पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले बताए ।




















