बुटवल , भदौँ ४
जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जना नयाँ संक्रमित थपिदा ३२ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टाको अवधिमा १७० जनाको कोरोना परीक्षण गरिएकोमा ३२ जना नयाँ संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकामा ९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ४(४ जना र ओमसतिया गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४६० रहेका छन्।




















