पर्वत , भदौँ ११
रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका(११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।उनको मृत्युको कारण खु भने लेको छैन ।
परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ ।
राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।



















