रामु यादव , लवनी
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपाङ्गता भएका १० जनालाई चार पांग्रे स्कुटी बितरण गरेको छ । अपाङ्गता भएकाहरु पनी समाजमा हिडडुल गर्न र उनिहरुको क्षमतामा विकासका लागि सो स्कुटी बितरण गरिएको हो ।
गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरुलाई स्कुटी साँचो र हेलमेट हस्तान्तरण गरेका थिए । स्कुटी टिभिएस कम्पनीको १ सय १० सिसिको स्कुटी पाएपछी अपा∙ता भएका हरुमा हौसला बढेको थियो ।
२१ लाख लागतको स्कुटी बाईक बितरण गरिएको प्रमुख खाँले बताए । अघिल्ल्लो आर्थिक बर्ष पनि १० जना अपांगता भएका ब्यक्तिलाई गाउँ पालिका द्वारा स्कुटी वितरण भएको थियो । यस आर्थिक बर्षकालागि पनि १० जना अपांगता भएका ब्यक्तिलाई स्कुटी प्रदान गर्न २२ लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।
पोलियो र विभिन्न शारिरीक समस्याको कारण शारिरमा समस्या आई हिडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटी वितरण गरिएको प्रमुख खाँले बताए ।
पालिका उप-प्रमुख पाण्डेयले अपांगता भएका ब्यक्तिहरुको दुःखी जीवन र कष्टकर जीवन देखेर नै गाउँ पालिका बाट उनीहरुलाई स्कुटी वितरण भएको पाण्डेले बताईन ।
अपाङ्गता भएको व्यक्तिले दुःखी जीवनमा स्कुटीले खुशी दिएको बताए ।साथै अपांग व्यक्ति मध्ये बिधार्थी, समाजसेवी, किसान, गरिब र बिपन्न गरि मिलाएर स्कुटी वितरण भएको छ । स्कुटी पाएपछी उनिहरु पनी अव सपा∙ सरह आफ्नो विचार प्रवाह गर्न र विभिन्न विचार बहसमा सहभागि हुन् सक्ने अपेक्षा गरिएको छ ।



















