हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले संसार भरी रहेको अध्यारोलाई उज्यालो गराउने, गरिबी विरुद्धको लडाइँमा सचेत गराउने, सत्य र साचो कुरा लेख्न बोल्न सक्ने संवेदनशील पेशामा पत्रकारले खुट्टा कमाउन नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला समिति कपिलवस्तुको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका नेताा न्यौपानेले आन्दोलनको आवाज कलमले नेतृत्व गर्नुपर्छ, त्यसका लागि तयारी गर्न सबै पत्रकारले काम गर्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै न्यौपानेले षड्यन्त्र अनुरुप मोर्चा बनाएर एमालेलाई परमादेशद्धारा हटाईए पनि आउने चुनावमा पार्टी पहिलो हुने दावि गरे ।

उनले नेकपा माओवादी कुनै निति, विधान र सिद्धान्त नभएको पार्टी भएको बताएका छन् । न्यौपानेले प्रचण्ड आफ्नो पाटीैको भन्दा कांग्रेसको प्रवक्ता जस्तो बनेको आरोप लगाए ।
पार्टी मजबुत, बलियो र देशको समृद्धिका लागि प्रेस चौतारीको भूमिका अहम हुने भएकोले यसतर्फ सचेत हुन सम्पुर्ण प्रेस चौतारीमा आवद्ध पत्रकारहरुलाई आग्रूह समेत गरे ।



















