जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्थित वडा नम्बर ४ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको संगठन सुदृढीकरण अभियान अन्र्तगत अयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको जनाईएको छ ।
पार्टी प्रवेश कार्यक्रमका क्रममा लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई जसपा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सहसराम यादवले स्वागत गरेका थिए ।
प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले आफु भौतिक पुर्वाधार मन्त्री भएपछी कपिलवस्तुमा बजेटले प्राथमिकता पाएको बताउदै त्यस क्षेत्रमा विकासले फड्को मार्ने बताए । उनले नव प्रवेशीहरुलाई ईमान्दारिताका साथ पार्टिमा रहेर काम गर्न सुझाएका थिए ।
कार्यक्रममा पुर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ वडा अध्यक्षहरु लगाएतको आथित्यता रहेको थियो ।



















