ताजा अपडेट

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मतपत्र र मतपेटिकासहितको विद्युतीय मेसिन प्रयोग गर्न विज्ञको सुझाव

Lumbini Darpan 2 २०७८ फाल्गुन ७, शनिबार ०७:५०
[sharethis-inline-buttons]

लुदअ ७ फागुन, काठमाडौं
विशेषज्ञ सहितको टोलीले आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो ।

अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल९भीभीपीएटी०सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा जोड दिएको हो । अध्ययन समितिको प्रतिवेदन अनुसार, यसो गर्दा मतदाताले मतदान गरेपछि त्यसको अभिलेख डिजिटल रुपमा त रहन्छ नै । साथसाथै मेसिनमा रहेको प्रिन्टरले सानो कागजमा मतदान गरेको उम्मेदवारको निर्वाचन चिन्ह प्रिन्ट गरेर बन्द मतपेटिकामा खसाल्छ । चलखेल नहोस भनेर मतपेटिका र मेसिन दुवै सिलबन्दी गरेर राखिएको हुन्छ ।

भीभीपीएटी सहितको विद्युतीय मतदान यन्त्रको प्रयोगले मतदाताका साथै निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरू समेत सुनिश्चित हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । मतदाताले मतदान गरेपछि उसले देख्ने गरी कागजमा त्यही दलको चिन्ह प्रिन्ट हुन्छ र मतपेटिकामा सुरक्षित रहन्छ । प्रतिवेदनमा भनिएको छ, ‘मतगणनाका क्रममा मेसिनले गणना गरेको मतपरिणाम उपर कुनै पक्षलाई चित्त नबुझेमा भीभीपीएटीले प्रिन्ट गरेको कागजी मतपत्रहरूलाई गणना गरी मेसिनको विश्वसनियता सुनिश्चित गर्न सकिन्छ ।’

अध्ययन टोलीले विद्युतीय मतदान यन्त्रको प्रयोगबाट भएको निर्वाचनमा धाँधली वा चलखेलको प्रश्न उठेमा भीभीपीएटी प्रविधियुक्त मेसिनको मतपेटिकामा सुरक्षित रहेको दलको निर्वाचन चिन्हअंकित मत गन्न सकिने औँल्याएको छ । विवाद अदालतसम्म पुगेमा समेत यसैगरी मत गन्न सकिने प्रतिवेदनमा उल्लेख छ । भारतमा अहिले यही प्रविधिको उपकरण प्रयोग भइरहेको छ ।


प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार ०७:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech