लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.११ मा मुस्लिम मधेसी युवा युवतीहरुलाई २ दिने क्षमता विकास तथा घटना दर्ता सम्बन्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सासंद विष्णु पन्थी र वडाध्यक्ष सोमनाथ अर्यालले विहिबार आज एक कार्यक्रमका विच तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश सासंद पन्थीले वडाले यसरी मुस्लिम मधेसी युवा युवतीहरुलाई लक्षित गरि क्षमता विकास तथा घटना दर्ता सम्बन्धि तालिम प्रदान गर्नु आफैमा उदाहरणीय कार्य भएको भन्दै वडाध्यक्ष अर्यालको प्रसंशा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समे रहनुभएको पन्थीले यस्ता तालिमले युवायुवतीहरुको क्षमता वृद्धि भई व्यक्तित्व विकाससंगै सर्वाङगिण विकासका लागी सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले वडाले सबै जातजातीलाई समेट्दै अघि बढिरहेको बताउनुभयो ।

सामाजिक रुपान्तरण विना पूर्वाधारको भौतिक विकासले मात्र समुन्नत विकास सम्भव नभएको बताउँदै वडाध्यक्ष अर्यालले सबैको साथ सबैको विकास भने जस्तो सबैको सहभागितामा वडालाई सबै तवरले समृद्ध बनाउन लागी परिरहेको बताउनुभयो । आरटि खानले प्रशिक्षण दिनुभएको तालिममा ३५ जना बढि मुस्लिम मधेसी युवा युवतीहरुको सहभागिता रहेको थियो ।



















