ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका आवश्यक सुचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड

Lumbini Darpan 2 २०७८ फाल्गुन १६, सोमबार ०७:५४
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलबस्तुको आयोजना तथा बाणगंगा मानव अधिकार समुहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार बाणगंगा नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम सरोकारवालाहरु बिच सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेक सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेकले बाणगंगा नगरपालिकामा सम्पन्न गरेका कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन् ।

 

नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यक्तालाई ब्यविस्थत गर्नुपर्ने कार्यक्रमका सहभागीलेहरुले जोड दिएका छन् । स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकिहरुमा प्रेसर, दाज, सुगरको चेकजाचँ तथा औषधी निःशुल्क गराउनु पर्ने माग गरेका थिए । अझैपनि नागरिकहरुको शिक्षा, स्वास्थ्यमा पहुँच नपुगेको भन्दै यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक भएको बताएका छन् । शिक्षा निशुल्क अनिवार्य र मावि शिक्षा निशुल्क भनिए पनि विभिन्न बाहानामा सरकारी विद्यालयहरुले शुल्क लिने गरेको र बिद्यालयमा निःशुल्क बितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको गुनासो गरेका थिए ।

सरकारले खरका छाना मुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम संचालन गरे पनि पुर्णता नभएको सहभागिहरुले गुनासो गरेका छन् । यस्तै छाडा चौपायाको व्यबस्थापन नहुँनु, फोहोर व्यबस्थान नहुनु लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।

यस्तै स्वास्थ्यका हिसावले प्लास्टकिको प्रयोग बन्द गर्नु पर्ने फोहर ब्यवस्थापन हुनु पर्ने सवाल उठाएका थिए । कृषिको सवालमा छाडा पशु नियन्त्रण, बिषाधीको प्रयोग र विक्रि वितरणमा नियन्त्रण र अनुगमन, खाद्य बस्तुमा हुन्े मिसावटको अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै पशुको रेविजको सुई निशुल्क उपलब्ध गराउनु पर्ने र आवासको अधिकार अन्तरगत खरका छाना मुक्त कार्यक्रम नगर स्तरमा लागु गरि कार्यानवय गर्नु पर्ने लगायतका सवालमा सुझाव दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सहभागिहरुको गुनासाहरुलाई संबोधन गर्दै नगरवासीहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखिएका समस्याहरुलाई समाधान गर्न लागि पर्ने बताए । इन्सेक मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा जस्तै छाडा चौपाया, फोहोर व्यबस्थापन लगाएतका बिषयमा बिभिन्न सचेतना मूलक कार्यक्रम संचालन गर्न आग्रह गरे ।

साथै नगरका वडाका टोलटोलमा पुगेर सचेतना अभियान संचालन गर्न अनुरोध गर्दै नगरपालिकाको साथ सहयोग रहेको प्रतिवद्धता जनाए । सरकारी बिद्यालयहरुले बिद्यार्थीहरुबाट शुल्क असुल्न नपाउने बताउँदै यस बिषयमा अनुगमन गर्ने र बिद्यार्थीहरुबाट शुल्क उठाएको भेटाएमा कारबाही गर्ने बताए । खरका छाना मुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम संचालनमा रहेको खाध्यवस्तुमा हुने मिसावटको सुचक बनाएर अनुगमन गरिने बताए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा सेवा गा्रहीले उठाएका सवालमा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अवस्था विषयमा नगरपालिकाले गरेका काम तथा योजनाका वारे जानकारी गराउदै नागरिकहरुवाट आएका सुझावलाई अगिंकार गरेर अगाडी बढने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वास्थ्यको क्षेत्रमा गुनासा नआउने गरि काम गरेको बताए । पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले खुला सिमानाको कारण छाडा चौपाया नियन्तरण गर्न समस्या भएको बताए ।

कृषि शाखा प्रमुख लेष बहादुर केसिले किसानहरुले बिउ, मल, बिषादी खरिद गर्दा एग्रोभेट बाट खरिद गर्न आग्रह गरे । जुनसुकै सामानहरु खरिद गर्दा बिल लिन आग्रह गर्दै चैते धानको बिउ आएको हुँदा समयमा सबैलाई धानको बिउ लगाउन ईच्छुक किसानहरुलाई आग्रह गरे । सेवा बाट कोही पनि बञ्चित नहोउन भन्ने उद्देश्यले सुचना प्रशारण गरिएको बताए ।

यस्तै महिला बालबालिका शाखा प्रमुख शुसिला पन्थले महिला बालबालिका, जेष्ठनागरिक र अल्पसंख्यकको क्षेत्रमा काम गदैै आएको बताइन् । साथै लैंगिक हिंसा बिरुद्धको अभियानमा हिंसामा परेका महिलाहरुका लागि छुट्टाईएको बजेट परिचालन नभएको हुँदा नगरपालिका भित्र त्यस्ता कोही पिडित महिला तथा बालबालिका भएमा महिला बालबालिका शाखामा सम्पर्क गर्न आग्रह गरिन् ।

कार्यक्रममा बाल मावि बैरियाकी बाल अधिकार सेचतना समुहकी सदस्य अनिसा थारुले सरकारले विद्यालयमा दिने निशुल्क सेनेटरी प्याड गुणस्तरिय नभएको बताइन् । गुणस्तरिय प्याडको ब्यवस्था गरिदिन र निःशुल्क शिक्षा भने पनि कुनै न कुनै बहानामा शुल्क लिने गरेको हुँदा नगरपालिकाले हरेक बिद्यालयमा अनुगमन गरी राज्यले दिएको सुबिधा दिलाई दिन आग्रह गरिन् । सेवाग्रही लक्ष्मी बिकले सरकारले निशुल्क शिक्षा भन्छ तर हामीहरु शुल्क तिर्न बाध्य भएको बताइन् ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका सहायक प्रमुख गोबिन्द प्रसाद खनाल, बाणगंगा माबि लौगाईका प्रधानाध्यापक कुलराज पौडेल, बाणगंगा माबि गजेहडाका प्रधानाध्यापक रामप्रसाद भण्डारी, जननी आधारभूत बिद्यालय मधुवनका प्रधानाध्यापक रुद्रमायाँ पौडेल, मानव अधिकार समूहका बरिष्ठ सल्लाहकार रोमकान्त घिमिरे, नेपाल स्वयंम सेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, नागरिक समाजका प्रतिनिधी धर्मराज शर्मा, बाणगंगा महुरी पालन सहकारी संस्थाका अध्यक्ष लिलापती घिमिरे, बास अधिकारकर्मी नारायणी पाण्डे, संचारिका समूहका सदस्य राधा पाण्डे लगाएतले विगतदेखि नै समस्याका रूपमा देखिएका छाडा चौपायाले गर्दा कृषक मारमा परेको, दुर्घटना बढि रहेकोले नगरले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्यालाइ राजनीतिकरण गरिनु साथै म र मेरा भन्नेहरुको बोलवाला हटाइनु पर्ने कुराप्रती ध्यानाकर्षण गराएका थिए । साथै सरकारले सबैका लागि निशुल्क शिक्षाको नारा ल्याएता पनि विद्यार्थी महँगो मूल्य तिर्न बाध्य हुनुपरेको बताएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता तथा समूहका उपाध्यक्ष ईन्दिरा पन्तको स्वागत मन्तब्य र समूहका सचिव मधु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ०७:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech