लुदअ, कपिलवस्तु
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जितपुर तौलिहवा र चन्द्रौटा शाखाको संयुक्त आयोजनामा सिटिजन लिडर्ससंग अन्तरक्रिया कार्यक्रममा र मृत्युु दाबी भुक्तानी गरिएको छ । बिमा वापतको रु १० लाख ५० हजार रकम हस्तान्त्रण गरिएको हो ।
बाणगंगा ४ ठाकुरापुरमा रहेको हिमालय पिस रिसोर्टमा कार्यक्रम आयोजना गरिएको हो । बाणगंगा नगरपालिका ४ निवासी सापकोटा मिस्ठान्न भन्डाका सञ्चालक स्व.दिनेश मरासिनीको श्रीमती बिस्नु मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो । यो सिटिजन लाइफको डिजिटल दाबी भुक्तानी हो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेल, सिएमओ भुसन रिमाल, सिबिओसुनिल पोख्रेल, तालिम प्रमुख कुबेर पाठक, बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारु, वडा नं. ४ का वडा अध्यक्ष गणेश क्षेत्री, एबिएम लक्ष्मण मण मरासिनि र नरेश सिग्देल, जितपुर शाखा प्रमुख सम्झना आचार्य, चन्द्रौटा शाखा प्रमुख सागर पान्डे तौलिहवा शाखा प्रमुख प्रकाश पौडेल, जितपुर शाखाका बिडिसि दीपक कुवर, सिनियर एजेन्सी म्यानेजर मधु गौतम र चन्दा पौडेल लगायत १ सय जना सिटिजन लिडर्सको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
जितपुर एरियाका ए.बि.एम. लक्षमण मरासिनीको संचालन र शाखा प्रमुख सम्झना आचार्यको स्वागत रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले सिटिजन लाइफले बिमा क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै अझ प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । त्यस्तै सिर्इओ पोसकराज पौडेलले नेपालकै पहिलो डिजिटल कम्पनी भएकोले र छोटो समयमा उल्लेखनीय काम गर्दै अहिले तेस्रो स्थानमा आउन सफल भएकोमा सम्पूर्ण सिटिजन लिडर्सलाई अझ प्रभावकारी काम गर्न र अप्ठ्यारोमा परेको बेला मलम लगाउने कार्य पुण्यको काम भएको चर्चा गर्नुभएको जितपुर शाखा बिडिसि दीपक कुवरले जानकारी दिनुभयो ।




















