लुदअ २८, फागुन, चितवन
चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु ९छोरी० को शुक्रबार बिहान मृत्यु भएको हो ।
गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।कृष्ण पौडेलले जानकारी दिए ।
भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा।सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।



















