लुदअ, कपिलवस्तु
नेकपा एमालेको नयाँ जनवर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल कपिलवस्तुको अध्यक्षमा सन्तोष राज बेल्बासे सर्वसम्मत चयन भएका छन ।
आज मंगलबार कपिलवस्तुको गोरूसिङ्गे स्थित मायाज इन्टरनेशनल होटलमा सम्पन्न भएको तदर्थ समिति गठन तथा प्रथम जिल्ला भेला कार्यक्रममा बेल्बासेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संगठनको उपाध्यक्षमा देविलाल कंडेल र खर्स बहादुर विक, सचिवमा रविन्द्र पौडेल, उपसचिवमा छमकला आचार्य र टेक बहादुर खत्री, कोषाध्यक्षमा रोमलाल पौडेल सर्वसम्मत रुपमा चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज हिरा खरेल, विशिष्ट अतिथिका रूपमा नेकपा एमालेका कपिलवस्तु अध्यक्ष डम्बर शर्मा, अतिथिमा कपिलवस्तु जिल्ला कमिटी सचिबालय सदस्य तथा फेडेरेसन इन्चार्ज सर्बेन्द्र देव खनाल, कपिलवस्तु जिल्ला कमिटी सदस्य दिनेश बन्जाडे, रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सीता बस्याल, रिटर्नी फेडेरेशन नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सन्देश ढुंगाना, कपिलवस्तु जिल्ला कमिटी सदस्य पुर्ण चन्द्र परियार, नेकपा एमाले बुद्धभुमी नगर कमिटी अध्यक्ष देवि प्रसाद बेल्बासे, नेकपा एमाले नगर कमिटी सचीव धुर्ब प्रसाद न्यौपाने, रिटर्नी फेडेरेसनका रुपन्देही जिल्ला अध्यक्ष एक देव सापकोटा, रिटर्नी फेडेरेसन नेपालका रुपन्देही जिल्ला उपाध्यक्ष खुमानन्द अर्याल रिटर्नी फेडेरेसन नेपालका रुपन्देही जिल्ला सचीव जिवन अर्याल, रिटर्नी फेडेरेसन नेपालका अभियान्ता, राम चन्द्र बस्याल, गितामणि पान्डेय लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जयलाल गिरीको अध्यक्षता र सुभाष रिजालको संचालनमा सम्पन्न भएको थियो ।




















