हरि आचार्य, कपिलवस्तु
लामो समय देखी कपिलवस्तुमा कृषिसँग सम्बन्धित उपकरणहरुको बिक्री बितरण गर्दै आएको जय किसान एग्रो मार्ट एण्ड मेसिनरीको बालकृष्ण खाँणले अवलोकन गर्नुभएको छ ।
१२ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्न कपिलवस्तु आउनुभएका मन्त्री खाँणले महोत्सवमा रहेको सो एग्रो स्टलको अबलोकन गर्दै आफुले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र किसान केन्द्रित निति तथा योजना निर्माणलाई विशेष ध्यानमा राखेको बताउनु भयो । मन्त्री खाँणले जय किसान एग्रो मार्टले कृषि आध्निकिकरणमा जोड दिंदै यस क्षेत्रका कृषकहरुको प्रवद्र्धन गर्नमा ठुलो भुमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले कृषि क्षेत्रमा आधुनिकीकरणका निम्ति युवाको अतुलनीय भुमिका रहने कुरा उल्लेख गर्दै नयाँ र नविनतम कृषि उपकरण भित्राउन सके छिटै नै कृषिमा आत्मनिर्भर बन्न सकिने बताउनु भयो । साथै सो क्रममा युवा टि आर पाण्डेले कृषि आधुनिकीकरणको क्षेत्रमा गरेरहेको योगदानको खुलेर प्रसंसा समेत गर्नु भयो । महेश घिमिरे, टि आर पाण्डे र दर्शन आचार्य लगायतका युवाहरुले सञ्चालन गरेको कपिलवस्तुको बाणगंगा १ वैरीया बजार क्षेत्रमा अवस्थित जय किसान एग्रो मार्ट एण्ड मेसिनरीले कृषि क्षेत्रमा उदाहरणीय कार्य गर्दै आईरहेको छ ।




















