हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा ८ दिने व्यवसाय सचेतना तथा व्यवसाय सुरु तालिम सञ्चालन गरिएको छ । बाणगंगा नगरपालिका गरिबि निवारणका लागि लघु उद्यम विकास मेड्पा शाखाको आयोजनामा उक्त तालिम सुरु गरिएको हो । तालिमको उद्घाटन बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले गर्नुभएको हो ।
तालिमको उद्घाटन गर्दै मेयर थारुले व्यवसाय सञ्चालन गर्ने तरिक तथा नयाँ व्यवसाय सुरु गरेका व्यवसायीहरुलाई सचेतनामुलक तालिमको आवश्यक रहेको बताउनुभयो । यस्ता खालका तालिमले यस क्षेत्रका व्यवसायीहरुको आर्थिक स्तर उकास्नका लागि महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष गुणानिधि भुसालले वडाका हरेक नागरिकहरुलाई समावेश गरि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
मेडपा उद्यम विकास सहजकर्ता सुमित्रा विकको सञ्चालन रहेको ८ दिने तालिममा ३२ जनाको सहभागीता रहेको छ ।




















