लुदअ, कपिलवस्तु
महिलाहरुको लागि बिद्यालय स्तर बाटै आत्मरक्षा तालिम र अध्यनको आवश्यकता रहेको लुम्बिनी प्रदेश प्रमुख अमित शेरचन बताउनु भयो।
समाजमा घट्ने घट्नाहरु लाई कम र आफ्नो सुरक्षा आफै गर्नको निम्ति महिला सक्षम हुन जरुरी छ यस्को निम्ति पत्रकारहरुले लेखन द्वारा तथा कार्यक्रम मार्फत समाज र राज्यको ढोका सम्म पुर्याउन पुलको काम गर्नु पर्ने बताउनु पर्ने बताउनु भयो। आवश्यकता पर्दा महिलाहरुले सेफ कियर विधि अपनाउन पनि अनुरोध गर्नु भयो।
समाज, बिद्यालय, अफिस, सार्वजनिक स्थलहरु जस्ता ठाउँ मा हिंसा रोक्न महिलाहरुले आवाज उठाउन जरुरी रहेको भन्दै पत्रकारहरुले पनि सत्य कुरालाई जस्ताको तेस्तै मिडियामा ल्याउन सच्चा पत्रकारको धर्म रहेको बताउनु भयो।
पत्रकारिता पेशा उत्कृष्ट पेशा भएकोले सामान्य नलिइ मेहनतका साथ कलम चलाउन र अगाडि बढ्न शुभकामना दिनु भयो ।
संचारिका समूह लुम्बिनी प्रदेश द्वारा आयोजित कार्यक्रममा रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, गुल्मी र परासी का ५० महिला पत्रकारको उपस्थिती रहेको थियो ।




















