लुदअ, झापा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट हालेका छन्।
उनले सूर्यविनायक स्थित महेन्द्र शान्ति विद्यालय क मा गएर भोट हालेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग बोल्दै उनले मतदानमा उत्साहजनक जनसहभागिता रहेको बताए।
उनले भने,‘ यो निर्वाचन दुई महिनाअघि हुनुपर्ने हो। ढिलो गरी भयो। तर पनि समयभित्र भएको छ। जनताको उत्साहजनक सहभागिता छ।’




















