लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपािलकाका ३ वटा मतदान केन्द्रमा भने हावाहुरी र बर्षाका कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ को जनसेवा आधारभुत विद्यालय, वडा नं. ५ को महेन्द्र मावि र वडा नं. ६ को लक्ष्मणघाट माविमा मतदान कार्य बाँकी रहेको बताईएको छ ।
करिव ८/९ बजेसम्म मतदानको समय लाग्ने भएकाले त्यपछि मात्र सुरक्षाकर्मीको सुरक्षा र कार्यतालिका अनुसार मतपेटिका ढुवानी गर्ने र मतगणना सुरु गर्ने निर्वाचन कार्यालय बाणगंगाका निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभएको छ ।




















