लुदअ, कपिलवस्तु
कपिलवस्तुको कपिलवस्तु नगरपालिकाबाट ४८ बर्षिया महिला वेपत्ता भएकी छन् । कपिलवस्तु नगरपालिका वडा नंं ११ जहदी निवासी चन्द्रावती तेली १५ दिन अगाडिबाट बेपत्ता भएकी हुन् । गत बैशाख २४ गते बिहान घरबाट निस्केकी तेली परिवारको सम्पर्कमा नरहेकाले परिवारले खोजि गरिदिन आग्रह गरेको छ ।
उनी बोल्न नसक्ने अवस्थाकी रहेको उनको परिवारले बताएको छ । भेटाउनुहुने महानुभावले सम्पर्क नम्बर ९८१२९७५६६९ वा ९८०७४९९२१७ मा सम्पर्क गरि सहयोग गर्न परिवारले सबैलाई आग्रह गरेको छ ।




















