हरि आचार्य, कपिलवस्तु
विगत देखिनै विभिन्न विधामा उत्कृष्ट हुन सफल रुपन्देहीको सैनामैना स्थित सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा फेरी अर्को आयाम थपेको छ । सैनामैना नगरपालिकाद्धारा सञ्चालित आधारभुत तह उतीर्ण परिक्षा २०७८ मा नगरपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयहरुबाट सर्वोत्कृष्ट हुन सफल भएको छ ।
जि.पि.ए. ४ अंक प्राप्त गरि सोहि विद्यालयका विद्यार्थी सन्देश पौडेल सहित शत प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा समुज्जवल भविष्यको कामना व्यक्त गर्नुभएको छ । साथै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारी, अभिभावक लगायत विद्यालय परिवारलाई समेत धन्यवाद दिनुभएको छ ।




















