हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूाि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिकास आचार्यको पहिलो नजर अशक्त परिवारमा परेको छ । पहिलो कार्यक्रकालमा पनि अपांगता भएका व्यक्ति, अशक्त, सिमान्तकृत समुदाय, महिला तथा वालवालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरि पुनः निर्वाचित आचार्यले यसपालि पनि सोहि अनुसार कार्य शुभारम्भ गर्नुभएको छ । वडाध्यक्ष आचार्यले ४ जना अशक्त परिवारका लागि १/१ लाखका दरले स्वास्थ्य विमा हस्तान्त्रण गर्नुभएको छ ।
शपथ ग्रहण तथा पदभार ग्रहण गरे लगत्तै वडाका अशक्त व्यक्ति राधेश्याम थारु, सन्जय कुमार थारु, पुष्पा थारु र सुदिप थारुको परिवारलाई प्रती परिवार १ लाखको स्वास्थ्य बिमा हस्तान्तरण गर्नुभएको हो । साथै वडामा रहेका सबै नागरिकलाई स्वास्थ्य बिमा मार्फत निशुल्क उपचारका लागि पहल गर्ने घोषणा गर्नुभयो ।
आचार्यले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचित गराएकोमा बुद्धभुमी तीन वासिलाई धन्यवाद दिदै आफू सधै जनताको पक्षमा रहने र जनताको सेवक भएर काम गर्ने बताउनु भयो ।




















