हरि आचार्य, कपिलवस्तु
सिटिजन्स बैंक पिपरा शाखाद्धारा बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगरलाई सहयोग ल्यापटप सहयोग प्रदान गरेको छ । खानेपानीका आयव्यय अहिले सम्म चुस्त दु्रस्त रुपमा रहेको र यसलाई अझ ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त ७५ हजार बराबरको ल्याप्टप सहयोग गरिएको हो ।
बैंकका शाखा प्रमुख भिमकान्त भट्टराईले बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष बिश्व कार्कीलाई उक्त ल्याप्टप हस्तान्त्रण गर्नुभएको हो । ल्याप्टप ग्रहण गर्दै समितिका अध्यक्ष कार्कीले सहयोग गर्ने मनहरु सबैलाई आभार प्रकट गर्नुभयो । अध्यक्ष कार्कीले यो सहयोगले अझ हौसला बढेको बताउदै उपभोक्तलाई शुद्ध र नियमित खानेपानी उपलब्ध गराउन आफु लागिपरेको बताउनुभयो ।
बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति जिल्लाकै उत्कृष्ट खानेपानीको रुपमा स्थापित हुंदै उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउदै आएको छ ।

संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलका ईञ्जिनियरद्वय उत्सव पोख्रेल र सुभेच्छा जिसी, बैंकका कर्मचारी, खानेपानी समितिका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितीमा उक्त सहयोग हस्तान्त्रण गरिएको हो ।





















