हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ ले दलित विद्यार्थीहरुलाई साईकल प्रदान गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरि १५ जना दलित बिद्यार्थीलाई साईकल प्रदान गरेको हो । वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई आवत जावतमा सहज होस भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनु भयो ।
उहाँले विद्यालय भन्दा टाढा रहेका विद्यार्थीहरुलाई आवतजावत गर्नका लागि सहज होुस् र सोहि कारणले विद्यालयबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दलित परिवरका विद्यार्थीलाई १/१ वटा साईकल वितरण गरिएको बताउनुभयो । वडाध्यक्ष भौतिक विकास निर्माण मात्र नभई वडाले शैक्षिक क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ हेरेको बताउनुभयो ।
वडाले साईकल प्रदान गर्दा विद्यार्थीहरुले खुसी व्यक्त गर्दै वडालाई धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै वडाले थारु समुदायको संस्कृती संरक्षण गर्ने उदेश्यका साथ थारु समुदायका अगुवाहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । थारु संस्कृतीमा प्रयोग चार वटा ढोलक, चार वटा मादल, लेहेङ्गा, धोति, सल प्रदान गरिएको हो । संस्कृती संरक्षणमा वडाले देखाएको भुमिका महत्वपुर्ण रहेको थारु अगुवाले बताए । सस्कृतीको संरक्षण गर्नु सबैको भुमिका रहेकाले वडाले सदैव सहयोग गर्ने अर्यालको भनाई छ ।




















