ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जगदीशपुर ताल बन्यो चराआरक्ष क्षेत्र, लुम्बिनीका मुख्यमन्त्रीद्धारा शिलालेख अनावरण

Lumbini Darpan 2 २०७९ श्रावण १, आईतवार ८:२७

लुदअ, कपिलवस्तु
बिश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर ताललाई बर्ड सेन्चुरी (पन्क्षी आरक्ष) घोषणा गरिएकोछ । जगदीशपुर ताललाई लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोश्रा चरा आरक्ष क्षेत्र घोषित गरिएको हो ।पर्यापर्यटन , चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पंक्षी आरक्ष घोषणा गरिएको हो । यस अघि कैलालीको घोडाघोडी ताललाई पंक्षी आरक्ष घोषण गरिएको थियो । लुम्बिनी प्रदेशको वन, वातावरण तथा भु– संरक्षण मन्त्रालयको आयोजना तथा पंक्षी संरक्षण संघ नेपाल र डिभिजन वन कार्यालय कपिलवस्तुको संयोजनमा ताल क्षेत्रको किनारमा आयोजित घोषणा सभामा ताललाई बर्ड सेनचुरी घोषणा गरिएको हो ।लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले परेवा उडाई शिलालेख अनावरण पछि बैलुन उडाएर कार्यक्रमको उदघाट्न गर्नु भएको हो । प्रदेशको वन ऐन २०७८ अनुसार प्रदेश सरकारले असार ३१ गते ५ बर्षे कार्ययोजना पारित गरी जगदीशपुरलाई बर्ड सेन्चुरी बनाउने निर्णय गरेको थियो । मुख्य मन्त्री केसीले चरा संरक्षण गरी पर्यापर्यटनको विकास ताललाईै बर्ड सेन्चुरी बनाइएको बताउदै स्थानीयको जीवन बदल्ने एक सार्थक प्रयास यो घोषणा भएको उहाले दावि गर्नु भयो ।

उहाले स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पु¥याउने गरी पन्छी आरक्ष बनाइएको स्पष्ट पार्नु भयो । मुख्यमन्त्री केसीले लुम्बिनी पछि जगदीशपुर प्रदेश कै दोश्रो राम्रो सम्पदा र गन्तब्य रहेको वताउनु भयो । तालको समग्र बिकास, चरा संरक्षण र पर्यटीय विकासको बाटा खुला भएको भन्दै उनले अब यसको विकासकालागि ईच्छा शक्ति बढाउनु पर्ने औल्याउनु भयो । ‘ जगदीशपुर तालको विकासलाइै गौरवको योजना बनाउनु पर्छ ’ उहाले भन्नु भयो । उहाले तालको समग्र विकासकालागि प्रदेशले अब लगानी समेत बढाउदै जाने स्पष्ट पार्नु भयो । सो अवसरमा उर्जा सिचाई तथा जलश्रोत मन्त्री बीर बहादुर रानाले जगदीशपुर तालले आज देखि आफनो छुट्टै पहिचान बनाउन सफल भएका चर्चा गर्नु भयो । उहाले ताललाई बहु उपयोग गरी अघि बढनु पर्ने तर्क गर्नु भयो ।

ताल बर्ड सेन्चुरी घोषणा भए संगै अब भने यो क्षेत्रका बासिन्दाको जीवन स्तर उकासिने उहाको भनाइछ । वन वातावरण तथा भु– संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले जगदीशपुर ताल मुलुकै मुख्य संपदा रहेको औल्याउनु भयो । उहाले तालको समग्र विकासकालागि अब भने बाटो खुला भएको दावि गर्नु भयो । मन्त्री हमालले चराको संरक्षण संगै जनताको जीवनस्तर बढाउने गरी पर्यटनको विकास गरिने बताउनु भयो । उहाले यसको विकासमा स्थानीयले समेत चासो र साथ दिनु पर्ने प्रष्टाउनु भयो ।

वन वातावरण तथा भु संरक्षण मन्त्रालयले ५ बर्षे कार्ययोजान स्वीकृत गरी ५ बर्षमा २३ करोड ६० लाख २५ हजारको प्रस्ताव पेश गरेको प्रदेशका मुख्य सचिव दिल्लीराम शर्माले जानकारी दिनु भयो । जगदीशपुर पंक्षी आरक्षको संरक्षण र ब्यवस्थापन समामाजिक आर्थिक संबृद्धि र वातावरणीय सुरक्षामा योगदान दिन र दीर्घकालीन सोच सहीत यसलाई अगाडी बढाइएको उहाको भनाइछ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ताललाई कृषक र यस क्षेत्रको बासिन्ँदाहरुलाई फाईदा पुग्ने गरी विकसित गर्नु पर्ने बताउनु भयो । उहाले ताललाई फेवा ताल र नैनी ताल जस्तै बनाएर स्थानीय बासिन्दाका आर्थिक अवस्था सुधार गर्ने गरी विकसित गर्नु पर्ने बताउनु भयो ।

तालको सरक्षण र बुद्धीमतापुर्ण उपयोग गरी त्यसबाट प्राप्त लाभको न्यायोचित बितरण गर्न नै कार्ययोजना बनाइएको हो । कार्ययोजनामा जलाशय संरक्षण, जीविकोपार्जन सहयोग, वातावरणमैत्री भौतिक पुर्वाधार विकास, पर्यापर्यटन पूबद्र्धन, जनचेतना तथा क्षमता विकास अध्ययन अनुसन्धान रहेका छन । वन, वातावरण तथा पर्यापर्यटन विशेषज्ञ विश्वनाथ ओली र गणेशराज जोशीको टोलीले अध्ययन अनुसन्धान गरी दिएको प्रतिबेदनका आधारमा ताललाइ पंक्ष आरक्ष बनाइएको हो । ‘चरा संरक्षण र पर्यापर्यटनको विकासका लागि वन वातावरण तथा भु संरक्षण मन्त्रायका सचिव दुर्गा बहादुर कार्कीले स्पष्ट पार्नु भयो । पक्षी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वनले ६ महिना लगाएर पाँचवर्षे व्यवस्थापन कार्ययोजना बनाएको थियो । मन्त्रालयले आगामी आवका लागि २५ लाख बजेट विनियोजन गरेको छ ।अन्य स्रोत संरक्षणसँग सम्बन्धित संस्था र सरोकारवालासँग जुटाएर काम थाल्ने सचिव कार्कीको भनाइछ । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल पनि एक हो ।कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १९७२र१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य बनेको छ ।

बसाइँसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता हुन ।आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छ । घोषणा सभामा थारु र मगर नृत्य समेत प्रस्ूतत गरिएको थियो । घोषणा लगत्तै मुख्यमन्त्री केसीले गच्छामी मिडियाले गरेको चरा सम्बन्धी फोटा प्रर्दशनी अवलोकन र जगदीशपुर तालमा निर्मित भ्यु टावरको उदघाटन समेत गर्नु भएको थियो ।

मन्त्री हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन काार्यलय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदी, जगदीशपुर जलायस बहुसारोकार मंचका अध्यक्ष ललति गरुङ , बिज्ञ डाक्टर बिश्व नाथ ओली लगायतले तालका विकास जानकारी दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका आधा दर्जन मन्त्रीहरु जिल्ला स्थित सुरक्षा निकायमा प्रमुखहरुको सहभागीता थियो ।लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्था छ ।


प्रकाशित : २०७९ श्रावण १, आईतवार ८:२७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech