लुदअ, प्युठान
प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा आज जीप दुर्घटना हुँदा रुपन्देहीकी ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले दिएको जानकारी अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।




















