हरि आचार्य, कपिलवस्तु
नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले यहि साउन १६ गते (भोलि) खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ शहीद मनोज–झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा साउन १६ गते (भोलि) कपिलवस्तु सामुदायिक अस्पताल चार नम्बर जितपुरमा बिहान ८ बजे उक्त खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएकाले सम्पुर्णलाई रक्तदान गर्न संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमले अनुरोध गर्नुभएको छ ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा विकास हुँदै गईरहेको अवस्थामा रगतको माग दिनानुदिन बढ्दै गईरहेको छ । बढ्दो रगतको मागलाई परिपुर्ती गर्नका लागी सामाजिक क्षेत्रमा क्रियाशिल संगठन नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँले यो मानवीय कार्य सफल पार्न सम्पुर्ण संघ, संस्था लगायत सम्पुर्णमा आग्रह गर्नुभएको छ ।




















