हरि आचार्य, कपिलवस्तु
विगत लामों समय देखी सामाजिक क्षेत्रमा अग्रसर सामाजिक संस्था लियो क्लव अफ कपिलवस्तुले विगतका वर्ष जस्तै यस वर्ष पनि सामाजिक सद्भाव छर्दै रक्षाबधन मनाएको छ । संस्थाका वर्ष २०२२/२३का अध्यक्ष सागर बन्जाडेको अध्यक्षता तथा लियो जिल्ला परिषद ३२५ पी नेपालका अध्यक्ष लिलामणी न्यौपाने (एम.डी.) को प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले नाता अनि सम्बन्ध हातमा बाध्ने त्यो रंगीचंगी चुडीएर जाने डोरी जस्तो होइन, जिन्दगीभर साथ अनि याद बनेर रहने होउन् भन्दै रक्षाबन्धनको शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष सागर बन्जाडेले कार्यक्रममा सबैलाई साक्षी राखेंर “बाँधेको डोरों टुटेर जाला तर लियो र बटुकहरु बिचको सम्बन्ध कहिले पनि नटुटने” भन्दै प्रतिबद्दता जायर गर्नुभएको छ । अध्यक्ष बन्जाडेले लियो क्लब अफ कपिलवस्तुको काम सामाजिक सेवा मात्र नभएर जिल्ला भित्रका सांस्कृतिक तथा पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मा रहेको बताउनुभयो । साथै डोरीलेरधागोले कसिएका सम्बन्धहरू भन्दा पनि बिश्वासको लहराहरूमा अल्झेका सम्बन्धहरू अझ दरिला र प्रगाढ बन्दै जाउन भन्दै कार्यक्रममा उपस्थित सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षाबंधनको शुभकामना सहित उपास्थित सम्पूर्णमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।
संस्थाले आयोजना गरेको कार्यक्रममा लक्ष्मी गैरे र रीता बेल्बासेको संयोजकत्व रहेको थियो । लियो कपिलवस्तुका सह–सचिव मनीष घिमिरेको संचालन तथा कपिलदेव भट्टरईको स्वागत मन्तव्य रहेको कार्यक्रम बाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कमल पौडेल, शंकर प्रसाद आचार्य, सागर पाण्डे, सुमन अधिकारी, राम शुभाग थारुको बिशिष्ट आथित्यामा सम्पन्न भएको थियो ।




















