लुदअ भदौ २, काठमाण्डौ
प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्न मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले नागरिकता विधेयमा मत विभाजन मागेपछि अहिले प्रक्रिया सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता गर्नुभएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि एमालेले मत विभाजन मागेको हो । अहिले मतदान भइरहेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २९ बमोजिम मत विभाजन माग्नुभएको हो । मतदान गर्दा सत्तारूढ दलकै सांसदले पनि विपक्षमा मतदान गर्न सक्ने उहाँको भनाइ छ ।




















