कपिलवस्तु, भदौ २६
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मोर्मी स्थित सुपादेउराली व्यवसायीक कृषि तथा पशुपालन फर्ममा रहेका १ सय २० मौरीका घार मध्ये २० घार मौरी चोरी भएको छ । केही घार मौरी सोहि स्थानमा नै क्षति भएको छन्। यहि भाद्र २४ गतेकादिन यस्तो घट्ना घटेको हो ।

केही वर्षको वैदेशिक अनुभव पछि नेपालमै बसेर केही गर्ने सोंच बोकि स्वदेश फर्किएर करिब चार वर्ष पहिले देखि आफ्नो मेहनत र लगानी नेपालमै ब्यावसाय शुरु गरेका वाणगङ्गा ८ मोर्मी निवासी ३१ बर्षिय एक परिश्रमी युबा कृष्ण पाण्डे पछिल्लो समयमा व्यवसाय बाट नै आफू र आफ्नो परिवार धानिरहेको बताउँछन। उनले सधै जस्तै फर्ममा भएको काम सकेर आफू खाना खाएर सुते बिहान उठेर फर्ममा जादा केही मौरिका घारहरु नै उठाएर लगिएको बताएका छन् । पाण्डेले केही घार सोही ठाउमै आगो लगाइ नष्ट भएको देखेको तर कस्ले चोरी गरेको भन्ने थाहा पाउने कुनै आधार नभएको बताए ।




















